इटहरीः बालमैत्री नगरको रुपमा घोषणा भएको सुनसरीको रामधुनी नगरपालिकाले वडा नम्बर ४ मा रहेको सरकारी जग्गामा बालमैत्री सिकाइ केन्द्रको रुपमा विकास गर्ने भएको छ ।

यसअघि प्रहरी चौकीले प्रयोग गर्दै आएको जग्गा प्रहरी कार्यालय सरेपछि खाली रहेकोमा नगरले बालबालिकाका लागि सिकाइ केन्द्रको रुपमा विकास गर्ने भएको हो । प्रदेश सरकारको योजनामा सिकाइ केन्द्रको निर्माणको काम आगामी दसैँ सुरु हुने बेलाबाट सुरु हुने रामधुनी नगरपालिका बालमैत्री नगरका सम्पर्क व्यक्ति अमन ढुङ्गेलले बताए । बालमैत्री नगरको रुपमा विकास भइसकेको रामधुनी नगरपालिकामा बालबालिकालाई अध्ययन अवलोकन गर्नका लागि सिकाइ केन्द्रको रुपमा विकास गर्न माग गरेबमोजिम नगरपालिकाले जग्गा उपलब्ध गराएपछि त्यसलाई चिल्ड्रेन पार्कको रुपमा विकास गर्न लागेको उनले बताए । 

bb4

सिकाइ केन्द्रका लागि बाहिरबाट पर्खाल लगाउने काम सकिएको र अब भित्री कामको सुरुवात गरिने बताइएको छ । रामधुनी नगरपालिका वडा नम्बर ४ लालपुरमा रहेको सो केन्द्रमा मंगलबार फु्लबारी बनाउने काम गरिएको छ । नगरपालिकाकी उपमेयर तारा थापाको नेतृत्वमा कार्यपालिका सदस्यहरु तथा वडाका पदाधिकारीको उपस्थितिमा वृक्षारोपण गरिएको अमनले प्रदेश पोर्टललाई बताए ।

bb1 bb3
चिल्डेन पार्कको अवधारणासहित खेल्ने पिङ्ग, चिप्लेटि लगायतका सामग्री राखिने र पछि टेबलटेनिस, ब्याडमिन्टनहरु पनि राख्ने योजना बनेको ढुङ्गेलको भनाइ छ । बाल क्लब तथा नगर बाल सञ्जालका पदाधिकारीहरुको उपस्थितिमा विभिन्न जातका झण्डै ५ दर्जन फूलका बिरुवा रोपिएको बताइएको छ ।

289039988_1952477215141759_7561731045903440500_n 1