इटहरीः संखुवासभाको धर्मदेवी नगरपालिका –५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मंगलबार बिहान हाईड्रोपावरभित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका इन्जिनियर पोखरा महानगरपालिका–१२ का ३९ वर्षीय रोमनकुमार चन्द घाइते भएका थिए ।
घाइतेलाई उपचारको लागि हेलिकोप्टरद्वारा काठमाडौँ पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।