इटहरीः झापाको बिर्तामोड नगरपालिका–२ चारपानेबाट लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बुद्धशान्ति–४ का ३१ वर्षीय चन्द्रबहादुर लिम्बू रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विशेष सूचनाका आधारमा मङ्गलबार साँझ ७ः०० बजे इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा लिम्बूको साथबाट ३४ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

यसरी लागूऔषधसहित पक्राउ परेका लिम्बूका सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेकको प्रहरीले जनाएको छ ।