धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले युकेमा बसोबास गरिरहेका नेपालीसँग सडक सफा गर्ने एउटा ब्रुमर सौजन्य गरिदिन माग गरेका छन् ।
मंगलबार साँझ सामाजिक संजाल फेसबुकमा स्टाटस अपडेट गर्दै मेयर साम्पाङ्गले आफ्ना लागि नभई धरानका लागि सडक सफा गर्न प्रयोग हुने ब्रुमर मागेका हुन् ।
धरानको सफाई अभियानमा बिभिन्न संघ सस्थाहरुले डस्विन लगायतका सामाग्रीको सहयोगी हात फैलाईरहँदा मेयर साम्पाङ्गले ब्रुमरको माग गरेका हुन् । यही तपाई धरानमा जन्मिनु भएको छ, पढ्नु भएको छ या त कुनै न कुनै हिसाबमा धरानसँग तपाईको नाता छ भने सक्नु हुन्छ भने एउटा ब्रुमर धरानलाई पठाइदिनुहोस् मेयर साम्पाङ्गले भनेका छन् ।