केराबारीः केराबारी गाउँपालिका १ पाटीगाउँको शिरुवानी भन्ने ठाउँमा सोमबार राति आएको पहिरोका कारण ८ परिवारको बिचल्ली भएको छ ।
पहिरोले एक घर बगाएर र सातवटा घरमा पहिरो पस्दा ८ परिवारको बिचल्ली भएको हो । सोमबार राति आएको पहिरोले केराबारी १ पार्टिगाउँ साबिक पाटीगाउँ २ की रत्नमाया मगरको घर नै बगाएको छ ।
यस्तै स्थानीय रुदनसिंह मगर, दुर्गा मगर, रनमाया मगर, बिशान मगर, सुरेश लिम्बु र पुर्णबहादुर राईको घरमा पहिरो पसेको छ । घर बगाएर अनि पहिरो पसेर बिचल्ली भएका परिवारलाई छिमेकीका घरमा राखिएको केरावारी १का वडाध्यक्ष शरण पिठाकोटे मगरले टेलिफोन सम्बादमा बताए ।
वडाध्यक्ष मगरले दिदएको जानकारी अनुसार रत्नमायाको परिवारका सदस्यले लगाएको एकसरो लुगाबाहेक सबै बगाएको छ । वडाध्यक्ष मगरले रत्नमायाको परिवारलाई वडा कार्यालयले प्रारम्भिक राहत सामाग्री उपलब्ध गराएको जनाए ।
यस्तै आज बैठक बसेर पहिरो पसेका अन्य सातपरिवारलाई के गर्ने भन्ने निर्णय गरिने मगरले बताए । वडाध्यक्ष मगरले दिएको जानकारी अनुसार स्थानीय जीतबहादुर मगरको एक हल गोरु र एउटा गाईपनि पहिरोले लगेको छ । यस्तै स्थानीय खङराज लिम्बुले लगाएको सम्पुर्ण बालिमा क्षति पुगेको छ । वडाध्यक्ष मगरले आँफुले हालसम्म यत्रो पानि परेको थाहा नै नपाएको भन्दै अन्य कयौँ ब्यक्तिको घरमा पनि पहिरो पसेको जनाए ।
\पहिरोले बगायो सडक सोमबार आएको पहिरोका कारण केराबारी १को सडक सम्बन्ध टुटेको छ। पहिरोले केराबारी १ जोड्ने कच्चि सडकको तीनवटा घुम्ति नै बगाएको भन्दै वडाध्यक्ष मगरले आँफुहरुलाई पहिरोले नाकावन्दि नै लगाएको बताए । उने, “तत्काल बनाई हाल्ने अवस्था नै छैन, यातायात सुचारु हुन समय लाग्ने अवस्था छ, सडक सुचारु गर्न १०लाख भन्दा माथि नै खर्च होला जस्तो देखिन्छ ।”