इनरुवाः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले गाउँपालिकामा रहेका कृषकहरुलाई कृषि सामग्री वितरण गरेका छ ।


गाउँपालिकाका अध्यक्ष अजमलअख्तर अजादले वडा नम्बर १ मा रहेको श्यामा श्याम कृषि सहकारी संस्था लिमिटेड र वडा नम्बर २ मा रहेको यान्त्रिक कृषि सहकारी संस्था लिमिटेडले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी किसानहरूलाई कृषि सामग्री वितरण गरिएको बताए । कृषि सामग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष आजादले भने यस क्षेत्रका कृषकहरुको समस्या समाधान गर्नका लागि अगामी बजेट र नीति तथा कार्यक्रमहरुमा पहल गर्ने बताएका थिए । आजादले नरसिंह गाउँपालिकाकाका अधिकांश जनता कृषिमा अधारित भएको र कृषकलाई निकै समस्या रहेकाले त्यसलाई समाधान गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए ।

उता कृषि उपकरण वितरण कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेणुका चौधरीले भने सरकारी अनुदानहरु वास्तविक कृषकसमक्ष प्रत्यक्ष रुपमा नपुग्दा कृषकले सोचे अनुसारको लाभ उठाउन नसकेको बताइन् । यस वर्ष अर्थात् चालू आर्थिक वर्ष २०७८÷७९ मा भोक्राहा नरसिंह गाउँपालिका सशर्त अनुदानको भरमा रहेको र स्थानीय तहले कृषि क्षेत्रमा आवश्यक बजेट विनियोजन नगरेको कारण वास्तविक कृषकसमक्ष कार्यक्रम पुर्याउनका नसकेको बताएकी थिइन् ।

कृषि सामग्री वितरणका लागि छनौट भएका ५ वटा कृषि सहकारी संस्थाहरूमध्ये शुक्रबार मिथिला कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर ७ र माधुरी सहकारी संस्था लिमिटेड वडा नम्बर ३ द्वारा ब्लक क्षेत्रमा आबद्व रहेका किसानहरूलाई कृषि उपकरण वितरण गरिएको थियोे भने शनिबार भोक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले वितरण गरेको थियोे । त्यस्तै आइतबार श्यामा श्याम कृषि सहकारी संस्था लिमिटेड वडा नम्बर १ र यान्त्रिक कृषि शहकारी संस्था लिमिटेड वडा नम्बर २ ले ब्लकमा छनौट भएका किसानहरूलाई ५० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेका छन् ।
यी कृषि सहकारी संस्थाहरूले ब्लक क्षेत्रमा आबद्व रहेका विभिन्न सहकारी संस्थाहरूमध्ये भोक्राहा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार मिनिटिलर १ थान, मकै थ्रेसर खोस्टासहित दाँइ गर्ने मेसिन १ थान, मकै प्लान्टर अटोमेटिक १ थान, पावर स्प्रेयर ३० थान, कोदालो टाटा कम्पनीको डन्डा सहितको १२४ थान विभिन्न किसानहरूलाई वितरण गरेका छन् ।