इटहरीः संखुवासभाको चैनपुर नगरपालिका–११ की ८६ वर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ ।
घरमा एक्लै बस्दै आएकी वृद्धाले चुलामा आगो सल्काउने क्रममा अचानक आफैँले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाइते भएको अवस्थामा आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।