धरानः उपमहानगरपालिकालाई स्वच्छ शहर बनाउने धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङको अभियानमा हङकङमा कार्यरत धरानवासी समर्थकहरुले ऐक्यबद्धता जनाएका छन् ।

उनीहरुले उपमहानगरपालिकाको अभियान सञ्चालनका लागि आवश्यक पर्ने सरसफाइ सामग्री खरिदका लागि रकम पठाएर मेयर साम्पाङलाई समर्थन गरेका हुन् । त्यसरी रकम पठाउनेहरुमा
हाल हङकङमा रहेका धरान १५ निवासी विष्णुकुमार राई र श्रीमती दिपा लिम्बूका साथै धरान १९ निवासी राजन लिम्बु र सरस्वती लिम्बू रहेका छन् । उनीहरुले पठाएको रकमबाट ३४ थान डस्विन खरिद गरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको दाताहरुकी साझा स्थानीय प्रतिनिधि धरान ११ निवासी शोभा राईले बताइन् ।

सरसफाइ सामग्री बुझ्दै मेयर साम्पाङले नगरलाई स्वच्छ शहर बनाउन आफू प्रतिबद्ध रहेको बताए । स्वच्छता कायम गर्ने कार्यमा नगरवासीहरुको साथ र सहयोग अनिवार्य रहेको उल्लेख गर्दै उनले नगरवासी सचेत भई फोहोरलाई उचित तरिकाले कुहिने र नकुहिने छ््याइदिए मात्र पनि यस कार्यमा खर्च हुने ठूलो बजेट बचत भई अन्य विकास निर्माणका गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने उल्लेख गरे । सहयोगका लागि दाताहरुलाई धन्यवाद दिँदै उनले प्राप्त सबै सरसफाइ सामग्री आवश्यक स्थानमा सार्वजनिक प्रयोगका लागि राखिने प्रष्ट पारे ।

289039988_1952477215141759_7561731045903440500_n 1