इटहरीः फेहु जल उद्योगको खानेपानीको सिल प्याक बोतलमा मरेको माकुरा भेटिएको छ । इटहरीबाट सञ्चालित उक्त उद्योगको पानीको सिल प्याक बोतलभित्र माकुरा भेटिएको हो ।
इटहरीकै एक जना किराना पसल व्यापारीले बिक्री गर्न राखेको अवस्थामा माकुरा भेटिएको बताए । उनले नाम नबताउने सर्तमा प्रदेश पोर्टलसँग भने, ‘पानीको बोतल बेच्दा ग्राहकले भनेपछि मैले हेर्दा बोतलभित्र माकुरा थियो ।’

उक्त उद्योगका सञ्चालक निरज न्यौपानेसँग यसबारे कुरा गर्दा यसबारे आफूलाई थाहा नभएको बताए । उनले भनेका छन्, ‘पानीको बोतल हाम्रो ब्राण्डको हो वा होइन, त्यसमा हाम्रो ब्याच नम्बर छ कि छैन भनेर हेरेर मात्र कम्फर्म हुन्छ ।’ उक्त बोतलमा फेहु जलकै ब्राण्ड र ट्याग भने प्रत्यक्ष देखिन्छ ।

यता खाद्य गुणस्तर विभागका सुनसरी जिल्ला प्रमुख काशिनाथ घिमिरेसँगको फोन सम्पर्कमा उनले भने, ‘यस विषयमा हामी अध्ययन गरेर कदम चाल्छौँ’ हामी जिल्ला प्रशासन कार्यालयलाई चिठी काट्छाँै त्यसपछि सरकारी वकिलको कार्यालयबाट आवश्यक कारबाही हुन्छ ।’