इटहरीः सामाजिक रुपान्तरणका लागि लोकतान्त्रिक अभियान नेपालका संयोजक तथा गत स्थानीय निर्वाचनमा इटहरी उपमहानगरबाट मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका पदम अधिकारीले इटहरीका नगरप्रमुख हेमकर्ण पौडेललाई सुझाव सहितको ध्यानकर्षण पत्र बुझाएका छन् ।

अन्य पार्टी तथा संघ संस्थाले समेत बधाई दिने क्रममा माग सहितका ध्यानाकर्षण बुझाउने गरेकोमा अभिकारीले भने माग भन्दा पनि सुझावलाई ध्यानाकर्षमा समावेश गरेका छन् ।
लोकतन्त्रमा दलतन्त्र होइन जनतन्त्र चाहिन्छ दलको प्रतिनिधि होइन जनताको प्रतिनिधि चाहिन्छ भन्ने नाराका साथ चुनावमा होमिएका अधिकारीले आफूले निर्वाचनमा प्रस्तुत गरेको कार्यान्वायन पत्रकै ढाँचामा मेयरको ध्यानाकर्षण गराएका हुन् ।

बृद्ध बृद्धाका लागि दोस्रो जीवनघर बनाउने , जनलोकपाल आयोग गठन गरेर इटहरीमा हुने भ्रष्ट्राचार नियन्त्रण गर्ने जस्ता लोकप्रिय लाग्ने सुझाव अधिकारीले मेयर पौडेललाई दिएका छन् । उनले इटहरीले भोगिरहेका समस्याको चित्रण गराउँदै यसलाई कस्तो तरिकाले समाधान गर्न सकिन्छ भनेर पनि ध्यानाकर्षण पत्रमा सुझाव राखेका छन् ।

इटहरीमा डिजिटल तथ्याङ्कको अभाव रहेको अधिकारीको ठम्याई छ भने उनले स्थानीय सरकारले पहिलो काम डिजिटल तथ्याङ्क संकलन गरि दक्ष एबम् बिज्ञ जनशक्ति सहित इटहरीको समग्र तथ्याङ्कलाई डिजिटल रुपमा ब्यबस्थित बनाउनु पर्ने आवश्यकता औल्याएका छन् । यसैगरी बाढी तथा डुवानको समस्या औँल्याउँदै अधिकारीले बाढीको श्रोत सेरा खोलालाइ जेष्ठ मसान्त भित्रमा धरान उपमहानगरपालिकाको सहकार्यमा जंगल भन्दा १ मिटर होचो हुने गरि बालुवा गिटी झिकेर सेराखोला नियन्त्रण गर्नुको साथै बाढी नियन्त्रणमा खर्च गर्नुको बदला खोलाबाट आम्दामी हुने तर्फ सचेत गराएका छन् भने त्यसका लागि ऐन बनाइ कार्यान्वयन गर्नु भनेका छन् ।

नगरको उत्तरमा रहेको जंगलमा बर्षाको पानी संकलन गर्न जलसञ्चय पोखरी बनाई बर्षाको पानी सञ्चय गरि बाढी नियन्त्रण गर्न, बाढीको कारण डुवानको महेन्द्र लोकमार्गको इटहरी खण्डमा रहेका ५० वटा कलभर्ड र ह्युमपाइप रहेको बताउँदै यिनलाई खुलाउने काम गर्न भ्याए धेरै डुवानको समस्या समाधान हुने बताएका छन् ।

मेयरका प्रत्यासी अधिकारीले इटहरीमा विकास नहुनुलाई गुरुयोजाको अभाव भएको भन्दै पहिलो स्थानीय सरकार भएकोले इटहरीको सम्बृद्धि र सुशासनको लागि गुरुयोजना बनाइ आवधिक योजना निर्माण गर्नुपर्ने औल्याएका छन् ।

पारदर्शीताको अभाव, अब्यबस्थित भूउपयोग,आगलागी समस्या, पैसा पलायनको समस्या,सार्बजनिक शौचाल समस्या,अब्यबस्थित बसोबासको समस्या,बहुकर प्रणाली, बहाल कर,बजार ब्यबस्थापनको समस्याः,ट्राफिक अनुशासन,सांस्कृतिक भूमिको अतिक्रमण,इटहरी चौक,कार्यालय लाई इटहरीको समस्याको रुपमा चित्रण गर्दै अधिकारीले यसको समाधान सहितको ध्यानाकर्षण मेयर पौडेललाई बुझाएका हुन् । ध्यानकर्षण पत्रको पुरा अंश यस्तो छ ।

 

p1 (2) p2