इटहरीः मोरङको बेलबारी–११ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।
आज दिउँसो १२ः१५ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २० प ७७५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ बेलबारी–१० का ३१ वर्षीय कुसुमलाल धिमाल र मोटरसाइलकमा सवार मोरङको पथरीशनिश्चचरे .–६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका थिए ।
दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर लगिएकोमा कुसुमलालको चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।