इनरुवाः इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले इनरुवा बजारमा सपिङ कम्पेक्स बनाउने सम्झौता गर्दा दुई करोडसम्म कमिसन दिने प्रस्ताव आएको बताएका छन् ।

इनरुवा हार्डयेर व्यवसायी संधको दोस्रो साधरणसभामा भेला भएका व्यापारीहरुलाई सम्बोधन गर्दै मेयर भण्डारीले सपिङ कम्पेक्स बनाउनका लागि नक्शा डिजाईन गर्ने र सम्झौताका लागि ताकेता गर्ने इनरुवाका एक व्यत्तीले आफुलाई सो प्रस्ताव गरेको बताएका हुन् ।

मेयर भण्डारीले भने गत हप्ता काठमाण्डौ जादै थिए नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले मोवाइलमा फोन गरेर सपिङ कम्पेक्स बनाउनका लागि ठेक्का टेण्डरको सम्झौता गर्न आग्रह गरेको बताए ।

भण्डारीले कार्यकारी निर्देशक सापकोटालाई आफुले यस बिषयमा अध्यय्न गर्दा तत्काल नगरपालिकाले २४ करोड ऋण लिएर त्यस स्थानमा सपिङ कम्पेक्स बनाउने योजना अगाडी नबढाउने जवाफ दिएको बताए ।

कार्यकारी निर्देशकलाई जवाफ दिएपछि सपिङ कम्पेक्स बनाउनका लागि नक्शा डिजाईनसहित नगर विकास कोषसँग सम्झौता गराउन भुमिका खेल्ने एकजना ठेकेदारले उक्त सम्झौतामा हस्ताक्षर गर्नु भयो भने दुई करोड जति रकम दिने प्रभोलन दिएको मेयर भण्डारीले बताए ।

इनरुवा सपिङ्ग कम्प्लेक्सका २४ करोड ३१ लाख ५८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको सो सपिङ्ग कम्प्लेक्सका लागि नगर विकास कोषको ८० प्रतिशत ऋण र इनरुवा नगरपालिकाको २० प्रतिशत लगानी रहने गरि कम्प्लेक्स निर्माणको लागि टेन्डर खोल्न मेयर भण्डारीलाई कमिसन प्रस्ताव गरिएको थियो ।

नगरपालिका भित्र कमिसन खाने दिनेहरुको भिड लाग्ने गरेको जानकारी गराउदै मेयर भण्डारीले भने धानको बिउ मकै बिउ र अनुदान दिने कर्मचारीले कमिसन दिने व्यापारी लिएर कार्यकक्षमा भेटेर प्रस्ताव राखेपछि आफुले सवैले सुन्ने गरि ति व्यापारीलाई कमिसन लिने खाने परिपाटी बन्द भएको सार्वजनिक रुपमा जवाफ दिएर फर्काइ दिएको बताए ।

भण्डारीले भने हाल सुपर मार्केट रहेको स्थानमा नगरपालिकाले कुनै सपिङ कम्पेक्स बनाउने काम गर्दैन् बजारमा सवारीसाधन पार्किङ गर्नका लागि खाली जग्गा कहि कतै छैन । मानिसहरु बस्ने पार्क छैन पुरानो भवन भत्काएर त्यस स्थानमा खुल्ला पार्क बनाउने योजना रहेकाले जिर्ण भवन भत्काएर पार्क बनाउने काममा इनरुवाका व्यापारीको सल्लाह र सहयोग चाहिएको छ ।
आगामी नगरसभाबाट प्रस्तुत हुने नगरपालिकाको बजेटमा इनरुवाका व्यापारीलाई करमा छुट दिने गरि करको दररेट कायम गर्ने तयारी गरेको मेयर भण्डारीले जानकारी दिए ।