इटहरीः मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका मोरङको बुढीगंगा गाउँपालिका(६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट १ थान पेस्तोल बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले विगत १ महिनाको अवधिमा मोटरसाइकल चोरीमा संलग्न १६ जनालाई २१ थान मोटरसाइकलसहित पक्राउ गरेको थियो ।

मोटरसाइकल चोरीको आरोपमा पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गर्ने क्रममा चौधरीको डेरामा १ थान चाइनिज पेस्तोल, सोही पेस्तोलको गोली १ राउण्ड र म्याग्जिन १ थान भएको खुलेसँगै बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।