इटहरीः इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार विनोद ओझा जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
इटहरी (४ गोपाल टोलमा अवैध हातहतियार देखाई स्थानीयवासीहरुलाई धाकधम्की दिँदै त्रसित बनाइरहेको अवस्थामा अभियुक्तहरुलाई घटनास्थलबाटै अवैध हातहतियार तथा प्रतिबन्धित लागूऔषधसहित पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका ओझालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जेष्ठ महिनाको “महिनाको सर्वोत्कृष्ट प्रहरी” ‘पुलिस अफ द मन्थ’ घोषणा गरेको हो ।
विभागीय मुल्य(मान्यता, आदेश(निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याउनुको साथै चोरी, कर्तव्य ज्यान लगायतका विभिन्न आपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारबाहीको दायरामा ल्याई नागरिकहरुमा सुरक्षाको अनुभूति हुनेगरी नागरिकसमक्ष प्रहरीको छवि उच्च बनाउनेतर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय बेल्टार, उदयपुर दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरी सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार विनोद ओझालाई उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७९ साल जेष्ठ “महिनाको सर्वोत्कृष्ट प्रहरी” ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको हो ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेशभरिका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरण सहितको फ्लेक्स प्रिण्ट १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश प्रहरीअन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिँदै आएको छ ।