बराहक्षेत्रः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित बाघ खोलाले अटो (टेम्पो) बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अटोमा सवार बराहक्षेत्र – १ चतरा बस्ने कल्पन राईकी १७ वर्षीया छोरी स्टिफिना राई रहेको प्रहरीले जनाएको छ । उनी खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार गएराति करिब ७ बजेर २५ मिनेटको समयमा धरान–चतरा भित्री सडकखण्डमा चतराबाट धरानतर्फ जाँदै गरेको को २ ह ८९८५ नम्वरको अटो बाघ खोलाले बगाएको थियो । अटोमा चालकसहित ३ जना सवार रहेका थिए ।
अटो बगेको स्थानदेखि करिब ६ सय मिटर तल फेला परेको थियो । अटो टेम्पोमा सवार रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका –६ धुन्चे बस्ने वर्ष १८ की आनिया तामाङको बाँया खुट्टामा चोट लागी घाइते भएपछि स्थानीय चतरा अस्पतालमा उपचार भइरहेको छ । अटो चालक धरान १७ बस्ने २२ वर्षीय राजु राई सकुशल रहेका छन् ।
मृतक राईको शवलाई पोष्टमाटर्मको लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको इलाका प्रहरी कार्यलय महेन्द्रनगरले जनाएको छ ।

बाघ खोला तर्ने क्रममा अटो र अटोमा सवारलाई खोलाले बगाई बेपत्ता पारेको भनी राति करिव ८ बजे इलाका प्रहरी कार्यालय चतरामा खबर प्राप्त हुनासाथ तत्काल प्रहरी नायबनिरीक्षकको कमाण्डमा ५ जनाको टोली र सशस्त्र बेस क्याम्प चतराबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ६ जनाको टोली खटी खोजी कार्य गरेको थियो ।
पुनः इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको थप टोली खटी खोज र उद्धार गरेको थियो ।