बाक्सिलाः प्रदेश एकको जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगितामा ६ वटा तौल समुहको खेलमा ४ महिला र २ जना पुरुष खेलाडीले गोल्ड मेडल ल्याएका छन् ।

प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ को आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङ्गको संयोजनमा शुक्रबार देखि आयोजना भएको प्रदेश १ को जिल्ला स्तरीय प्रतियोगितामा महिला खेलाडीले मेडलमा बर्चश्व कायम गरेका हुन ।

IMG_2168

६ वटा विभिन्न तौल समुहमा भएको प्रतियोगितामा महिला तर्फ ४६ केजी तर्फ सुनसरीकी यमुना राईले गोल्ड मेडल पाएकी छन् भने ५७ केजी तौल तर्फ सुनसरीकै समिक्षा लिम्बुले गोल्ड मेडल प्राप्त गरेकी छिन् । उता महिलाकै ४९ केजी तौल तर्फ मोरङ्गकी मनिका कार्कीले प्राप्त गरिन भने ५३ केजी तौल तर्फ उदयपुरकी सन्ध्या राईले गोल्ड मेडल प्राप्त गर्न सफल भइन् ।

महिलाको ५७ केजी तौल समुहबाट मोरङ्गकी पुजा परियारले सिल्भर र खोटाङ्गकी मञ्जु राई र उदयपुरकी रेनुका विकले ब्रोन्ज मेडल प्राप्त गरे ।

IMG_2156

४९ केजी तौल तर्फ सुनसरीकी निर्मला श्रेष्ठले सिल्भर र धनकुटाकी अञ्जली संग्रौला र उदयपुरकी विहानी राईले ब्रोन्ज मेडल पाएका थिए ।

महिलाको ५३ केजी तौल तर्फ सुनसरीकी महिषा लावतीले सिल्भर , ओखल्ढुगाकी अञ्जना सिलवाल र ताप्लेजुङ्गकी भुमिका विकले ब्रोन्ज मेडल पाए ।

उता पुरुषतर्फको ५८ केजी तौल समुहमा मोरङ्गका पिताम्बर दाहालले गोल्ड मेडल पाएका थिए भने खोटाङ्गका अनिश कार्कीले सिल्भर र ओखल्ढुंगाका प्रदिप राई र उदयपुरका टंकबहादुर मगरले ब्रोन्ज मेडल पाएका थिए ।

यता पुरुषको ६८ केजी तौल समुहबाट खोटाङ्गका ज्ञान बहादुर श्रेष्ठले गोल्ड मेडल पाएका थिए भने ओखल्ढुंगाका राम कटुवालले सिल्भर र उदयपुरका सुमन खड्का अनि पाँचथरका सुर्य विकले ब्रोन्ज मेडलमा चित्त बुझाए ।

पुम्से तर्फ महिलामा सुनसरीकी इक्सा लिम्बुले गोल्ड मेडल प्राप्त गरेकी थिइन भने उदयपुरकी त्रिसला राईले सिल्भर र पाँचथरकी दिपा पालुङवा र झापाकी निर्मला रसाइलीले ब्रोन्ज मेडल पाएका थिए ।

IMG_2190

पुम्सेमै पुरुषतर्फ सुनसरीका खेलाडी सुदिप घिमिरेले गोल्ड मेडल पाए भने मोरङ्गका ल्यानिष श्रेष्ठले सिल्भर अनि इलामका दिपसागर लिम्बु र खोटाङ्गका विवेक राईले ब्रोन्ज मेडल प्राप्त गरे ।

खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी माइतीराज राई, केपिलासगढी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष खड्ग तामाङ्ग, नेकपा माओवादी केन्द्र केपिलासगढी गाउँपालिकाकी सह–इन्चार्ज वन्दना तामाङ्ग, प्रदेश एक खेलकुद विकास बोर्डका सदस्य शैलेसकुमार बिष्ट, प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईका स्वकीय सचिव पवन श्रेष्ठ, जिल्ला खेलकुद विकास समिति खोटाङ्गका अध्यक्ष सुमन राई तथा अन्य अतिथी र खेलका निर्णायकहरुले समेत खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बिभिन्न जिल्लाबाट खेलमा सहभागीता जनाएका खेल प्रशिक्षक, मुख्य निर्णायक नारायण बुढाथोकी तथा रेफ्री र अन्य अतिथीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

IMG_2215 IMG_2210