इटहरीः सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ ।

हिजो प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज प्रतितोला पाँच सय रुपैयाँ वृद्धि भई ९७ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, हिजो प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा प्रतितोला १० रुपैयाँ वृद्धि भई आज प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ ।