इटहरीः ग्रामिण क्षेत्रलाई खेल पर्यटनका माध्यमबाट समृद्ध बनाउने उद्देश्यले खोटाङको कोपिलासगढी गाउँपालिकास्थित बाक्सिलामा प्रदेश १ स्तरीय तेक्वान्दो प्रतियोगिता सुरु भएको छ ।
प्रदेश १ सरकारको प्रदेश खेलकुद विकास बोर्ड तथा प्रदेश १ तेक्वान्दो संघको आयोजनामा सुरु भएको खेलको उद्घाटन प्रदेश सरकारका सामाजिक विकास मन्त्री राजन राईले उद्घाटन गरेका छन् । प्रदेश १ भरका १४ ओटै जिल्लाका दुई सय जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।
खेलकुद क्षेत्रलाई पर्यटन प्रवद्र्धनको माध्यम बनाई दुवै क्षेत्रको विकास र विस्तारका साथै ग्रामिण क्षेत्रका सर्वसाधारणको आर्थिक उत्थानका लागि प्रतियोगिताले सहयोग पुग्ने प्रतियोगिताका संयोजकसमेत रहेका प्रदेश खेलकुद विकास बोर्डका सदस्य तथा प्रदेश तेक्वान्दो संघका अध्यक्ष शैलेश बिष्टले बताए । प्रतियोगिताको उद्घाटन खेल अब केही बेरमा सुरु हुँदैछ ।