बराहक्षेत्रः प्रेम र सद्भावका लागि स्थापित संस्था अनन्त आयामले सरसफाइ गरि आफ्नो वार्षिकोत्सब मनाएको छ । बराहक्षेत्रका युवाहरूको उपस्थितिमा स्थापित सामाजिक संस्था स्थापनाको आज (बुधबार) एक वर्ष पूरा भएको हो ।
मुलतः कला साहित्यको जगतमा कार्य गर्ने उदेश्य बोकेर अनन्त आयाम समुह बनाएको एक वर्ष पूरा भएको अवसरमा कोशी नदी आसपासमा सरसफाइ गरिएको हो, संस्थाका सरसफाइकर्ता प्रतिश श्रेष्ठले भनें ।
यस्अघि पनि संस्थाले कोशी किनारामा वृक्षारोपण, लकडाउनमा गरीब तथा विपन्न परिवारलाई खाधान्न सहयोग, जाडो याममा क्लोथ बैंक नाम गरी न्यानो कपडा वितरण लगायतका कार्यहरु गर्दै आएको छ ।