इटहरीः काभ्रे जिल्लाको बनेपामा केन्द्रिय कार्यलय रहेको आदर्श लघुवित्त वित्तीय संस्थाले आज असार १ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

लघुवित्तको ६७ लाख रुपैयाँ बराबरको जम्मा ६७ हजार कित्ता शेयर सर्वसाधारणको लागि बिक्रि खुल्ला गरेको हो ।

बिक्रि खुल्ला गरिएको मध्ये १ हजार ३५ कित्ता कम्पनीको कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ३ हजार ३ सय ५० कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

बाँकी रहेको ६२ हजार ६ सय १५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि दिन सकिने छ ।

लगानीकर्ताले असार ५ गतेसम्म आइपीओमा आवेदन दिन सक्ने बताइएको छ । सेयर निष्काशनको लागि बीओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

सानो अंकमा शेयर निस्कासन भएकाले १० कित्ता सम्म आवेदन दिनुलाई उत्तम मानिन्छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ रहेकोमा आइपीओ निष्काशनपछि कम्पनीको चुक्तापूँजी २ करोड ७ लाख रुपैयाँ पुग्ने छ ।