इटहरीः प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आर्थिक वर्ष २०७९–८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख बजेट विनियोजन गरेका हुन् मन्त्री आङ्बोका अनुसार प्रदेशको योजनाका लागि प्रदेश सरकारको आन्तरिक राजस्व आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाडफाडबाट ११ अर्ब ८८ करोड १४ लाख प्राप्त हुनेछ ।
बजेटका लागि संघबाट प्राप्त हुने वितिय समानिकरण अनुदानबाट ९ अर्ब ८२ लाख र ससार्त अनुदानबाट ८ अर्ब ६९ करोड, समपुरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त हुनेछ ।
प्रदेश १ सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बिनियोजन गरेको छ । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० जना सांसद छन् । चुनावी सरकारले सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि पनि ९० करोड नै विनियोजन गरेको हो । सो रकम स्थानीय तह मार्फत खर्च हुनेछ । जसमा प्रदेश सांसदहरूको समान भूमिका रहनेछ ।
प्रदेश सरकारले प्रदेश लोकमार्ग अन्तरगत समावेश भएका सडकहरुको काम आगामी वर्ष सक्नेगरी पाँच अर्ब बजेट विनियोजन गरेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा घरेलु मदिरा ब्राण्डिङ गर्ने योजना पनि समावेश गरेको छ ।