इटहरीः विशालु च्याउँ खाँदा ओखलढुङगाको चम्पादेवी गाउँपालिका–७ फूलबारी टोलका एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।
चार जनाको परिवार रहेकामा दुईजना बिरामी समेत भएका छन् । उनीहरुको अवस्था गम्भीर छ । गत जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ वर्षीया मनमाया बिष्ट, छोरा २७ वर्षीय राजन बिष्ट, राजनको श्रीमती ढककुमारी लामिछाने र ३ वर्षीया छोरी सरिस्मा बिष्ट बिरामी भएका थिए ।
बिरामी भएका चारैजनालाई उपचारको लागि मिसन अस्पताल ओखलढुङगा पठाइएकोमा उपचारको क्रममा २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।
तीन जनालाई थप उपचारको लागि काठमाण्डौ टिचिङ अस्पताल पठाइएकोमा उपचारको क्रममा मनमायाको ३१ गते मृत्यु भएको तथा अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।