इटहरीः ३ महिने नावालक छोरालाई घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले इटहरी १७ मुसहर टोल बस्ने उर्मिला सुनारलाई पक्राउ गरेको छ ।

३२ बर्षीया उर्मिलाले ३ महिनाको छोरा भुवन विकलाई घाँटी थिचि गम्भिर घाइते बताएकी थिइन् । उपचारका लागि वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएका विकको उपाचारका क्रममा मृत्यु भएको थियो ।

महिलालाई सोही दिन इटहरी प्रहरी कार्यालय पकलीको टोलीले पक्राउ गरी कर्तव्य ज्यान सम्वन्धि कसुरमा म्याद लिई कानूनी प्रकृया अगाडी बढाएको बताइएको छ ।