इटहरीः बुधबार इटहरी रंगशालामा एकातिर फुटबलको रौनक थियो भने अर्कोतिर ढाडे बिरालो बोलको गीतले पनि उत्तिकै उर्जा थपिदिएको थियो ।

प्रदेश १ को जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल हुँदै गर्दा दर्शकलाई सांगीतिक मनोरन्जन दिन निम्त्याइएकी गायिका ज्योति मगरले खेलको हाफ टाइमलाई सदुपयोग गर्दै दर्शक र अतिथीलाई राम्रै मनोरन्जन दिलाउन भ्याइन् ।

IMG_1572

हाफको करिब २० मिनेटमा स्टेज पर्फममा रुचाइएकी गायिका ज्योति मगरले जाले रुमाल सोल्टिलाई बैना, जोडी कैले जम्छ, ढाडे बिरालो जस्ता चर्चित गीत प्रस्तुत गर्न भ्याइन् । छोटो समयमा गायिका मगरको प्रस्तुतीले दर्शकमा निकै उर्जा भर्न भ्याएको थियो ।