इटहरीः सुनसरीको इटहरी रंगशालामा सञ्चालन भएको प्रदेश १ को जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी मोतीराम स्पोर्टिङ्ग क्लब मोरङ्गले जितेसंगै प्रदेश नम्बर १ को च्यापियन समेत बनेको छ ।

बुधबार भएको फाइनल खेलमा धनकुटाको देउराली युवा क्लबलाई १ को विरुद्ध २ गोलले पराजित गर्दै मोतीराम स्पोर्टिङ्ग क्लबले जित हासिल गरेको हो । अशोक खवासको कप्तानीमा खेलेको मोरङ्गले  सेमिफाइनलमा धरान फुटवल क्लवलाई पराजित गरेको थियो  ।

बुधबारको फाइनल खेलमा पहिलो हाफमा देउराली युवा क्लब धनकुटाका जर्सी नम्बर १२ का खेलाडी सञ्जय रम्तेलले १ गोल गरेको थिए भने खेलको दोस्रो हाफको १३ आँै मिनेटमा मोतीराम स्पोर्टिङ्ग क्लबका जर्सी नम्बर ५ का खेलाडी दिवाकर चौधरीले एक गोल फर्काउँदै बराबरीमा ल्याए ।

खेलको दोस्रो हाफमा मोरङ्गले गरेका धेरै प्रहारहरु गोल हुन नसकेता पनि बल प्राय धनकुटाको गोल पोष्ट वरीपरी घुमिरहयो । सेकेण्ड हाफको अन्तिममा थपिएको २ मिनेटमा मोतीराम स्पोर्टिङ्ग क्लवका जर्सी नम्बर १३ का खेलाडी उमेश कार्कीले एक गोल थपेर आफ्नो टिमको जित निकालेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याचको उपाधी मोतीराम स्पोर्टिँग क्लब मोरङ्गका जर्सी नम्बर १४ का शुसिल राई घोषित भए । शुसिलले मेडल सहित २ हजार १ सय नगद पुरस्कार पाएका थिए ।

288379626_733194144689888_5532951106315308862_n

विजेतालाई २ लाख नगद प्रमाणपत्र र मेडल पुरस्कार

प्रदेश नम्बर एक खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटबल क्लबको संयोजनमा इटहरीमा सञ्चालन भएको प्रदेश एकको जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको बिजेता मोतीराम स्पोर्टिङ्ग क्लब मोरङ्गलाई २ लाख नगद पुरस्कार प्रदान गरिएको छ ।

बिजेता टिमका कप्तान अशोक खबास, टिम कोच पारस चौधरी, प्रकाश मल्ल र म्यानेजर दिपेन्द्र तिवारीलाई नगद पुरस्कार वापतको चेक समापन खेलका प्रमुख अतिथी राष्ट्रिय खेलकुद विकास बोर्डका सदस्य सचिव टंकलाल घिसिङ्ग, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, तथा सदस्यहरु शैलेस कुमार बिष्ट र रितेश श्रेष्ठ साथै विशिष्ट अतिथी भरत शाहले सयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र समेत हस्तान्तरण गरिएको थियो । यसैगरी उपविजेता बनेको देउराली युवा क्लब धनकुटाले पनि नगद एक लाख रुपैया मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेताको टोलिलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव लगायत विशेष अतिथीहरुले मेडल र प्रमाणपत्र समेत हस्तान्तरण गरेका थिए भने टिमको तर्फबाट कोच दुरेशमान राई र म्यानेजर आशिष राईले ग्रहण गरेका थिए ।