287306952_576980657465891_4673260841768895018_n

इटहरीः इटहरी रंगशालामा भइरहेको प्रदेश नम्बर १ को जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको मंगलबार भएको दोस्रो अर्थात अन्तिम सेमिफाइनल खेलमा शनिश्चरे फुटबल क्लब झापालाई हराउँदै देउराली फुटबल क्लब धनकुटा फाइनलमा प्रवेश गरेको छ ।

देउराली फुटबल क्लब धनकुटा झापालाई १ को विरुद्ध ३ गोल गर्दै फाइनलमा पुगेको हो । उपाधिका लागि देउराली भोली बुधबार मोरङ्गको मोतीराम स्पोर्टिङ्ग क्लबसँग प्रतिस्पर्धा गर्नेछ । मोतीराम स्पोर्टिङ्ग क्लब सोमबार धरान फुटबल क्लब सुनसरीलाई हराउँदै फाइनलमा पुगेको थियो ।

IMG_1277

प्रतियोगितामा देउराली फुटबल क्लबको तर्फबाट खेलको १४ मिनेटमा खेलाडी बिरेन्द्र लिम्बुले १ गोल गरे भने खेलको ३१ र ८० औँ मिनेटमा खेलाडी संजय रम्तेलले एक एक गोल गरेका थिए । प्रतिउत्तरमा शनिश्चरे फुलबल क्लबका खेलाडी बिशाल दर्जीले खेलको १० औं मिनेटमा एक गोल गरेका थिए ।

मंगलबारको खेलको म्यान अफ द म्याच देउराली फुटबल क्लबका खेलाडी संजय रमतेल घोषित भए । म्यान अफ द म्याचको पुरस्कार २ हजार १ सय रुपैँया नगद र मेडल नेपाल प्रशिक्षक संघका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र तामाङ्गले वितरण गरेका थिए ।

IMG_1289

प्रतियोगिताको फाइनल खेल भोली बुधबार हुने इटहरी फुटवल क्लवका अध्यक्ष केशव कार्कीले बताए । बुधबार हुने प्रतियोगिताको फाइनल खेलमा चर्चित गायिका ज्योती मगरको समेत प्रस्तुती रहने आयोजकका अनुरोध थापाले जानकारी दिए ।

प्रतियोगिताको समापन गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको प्रमुख आतिथ्य हुने प्रदेश खेलकुद विकास बोर्ड प्रदेश नम्बर १ का सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिए । इटहरी फुटबल क्लबको संयोजनमा भइरहेको खेलमा विजेतालाई २ लाख नगद र उपविजेतालाई १ लाख नगद पुरस्कार दिइने इटहरी फुटबल क्लबका कोविदजंग कार्कीले बताए ।