287306952_576980657465891_4673260841768895018_n

धरानः धरान उपमहानगरपालिका वडा नं. १४ का बासिन्दाहरुको खानेपानीको समस्यलाई हल गर्न मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघा मंगलबार सो स्थानमा स्थलगत रुपमा अनुगमन गर्न पुगेका छन् ।

धरान १४ अध्यक्ष कृष्णप्रासद भट्टराईको आग्रहमा धरान खानेपानी व्यवस्थापन बोर्डका निर्देशक राजु पोखरेल, मेयर ,उपमेयर सहितको प्राविधिक समूह समेत स्थलगत अनुगमनमा गएको हो ।

धरान उपमनगरका उपमेयर अइन्द्र विक्रम बेघाका अनुसार मेयर हर्कराज साम्पाङ सहित वडा नं १४ मा स्थलगत अनुगमन गर्न गएका थिए । उनले धरान १४ मा खोनपानी समस्या कसरी हल गर्न सकिन्छ धन्ने विषयमा छलफल गरेका थिए ।

287139057_842283920082868_1334062030819483551_n

पहिले उपभोक्ताबाट निर्माण भएकको खानेपानी ट्याक्कीमा पानी सञ्चालन गर्ने बिषयमा वडाध्यक्ष र स्थानीय उपभोक्ताहरुसंग प्राविधिक सहितको टोलीले छलफल गरेको उपमेयर बेघाले बताए । सो ट्याक्कीबाट सब ट्याक्की निर्माण गरि पानी नपुगेका घर घरमा खानेपानी पुर्याउने निर्णय पनि भएको उनले जनाए ।

छलफलमा सहभागी प्राविधिकहरुले सो वडाभरीको खानेपानीको समस्या ८ महिनाभित्र हल गर्न सकिने राय दिएको उपमेयर बेघाले बताए । उनले भने, ‘उक्त ट्याक्की सञ्चालन गरेमा विद्युत र मेसिन प्रयोग गर्नु पर्दैन । खानेपानी समस्या साधान हुन्छ भन्ने छ ।’

287536055_1213144129484303_6108028412619341129_n

उनले वडाध्यलाई उदृत गर्दै पञ्चकन्या ट्याक्की डेढ लाख लिटर क्षमता भएको बताए । वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले आइतबारको कार्यपालिकाको ठैठकमा धरान १४ मा वर्षाको समयमा पनि खानेपानी विकाराल समस्या रहेको बताउँदै हल गर्न माग गरेका थिए ।

पञ्चकन्या जङ्गलमा बनेको रिर्जव टङ्कीमा पानी झार्ने गरी काम गर्न मेयर साम्पाङले निर्देशन दिएका छन् । छलफलमा मेयर र उपमेयरलाई अध्यक्ष भट्टराईले आफ्नो वडाको विषयमा थप जानकारी गराएका थिए ।