विराटनगरः ईलाम र झापाको दुई छुट्टाछुट्टै स्थानहरुमा सवारी दुर्घटना हँुदा २ जनाको मृत्यु भएको छ । २ जना घाईते भएका छन ।
ईलामको रोङ गाउपालिका ४ बाघखोर स्थित मेची राजमार्गमा हिजो दिउँसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे १ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुदा ट्याक्टर चालक सुर्योदय नगरपालिका १२ का २९ बर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो ।
यसै गरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा हिजो बेलुका ५ बजे मे १ त ७४३१ नम्बरको ट्याकटरले ठक्कर दिदा घाईते भएका स्थानिय राम प्रसाद अधिकारीको ९ बर्षीय छोरा गौरव अधिकारीलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा अस्पताल पुराउना साथ उनको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक झापा कमल गाउपालिकाका २६ बर्षीय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।