अजमल अन्सारी
काठमाडौंः नेपाली कांग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारीले समयमा नै प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने माग गरेका छन् । अगामी हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन संविधान बमोजिम निर्धारित समयमा नै गर्न उनले माग गरेका हुन् ।

सोमबार नेपाली काङ्ग्रेसका सह–महामन्त्री तथा पुर्वमन्त्री महेन्द्र यादव, नेपाली काङ्ग्रेसका युवा नेता डाक्टर अबुल हुसैन अन्सारी, नेपाली काङ्ग्रेस मधेस प्रदेशका प्रमुख कृष्ण यादवले स्थानीय तहको निर्वाचन र अगामी हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको बारेमा छलफल गरेका थिए । छलफलमा अबुलले सो माग गरेका हुन् ।

उनीहरु बीच गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन अन्तरगत मधेस प्रदेशको अवस्था र अगामी हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको सक्रियताको बारेमा विशेष छलफल भएको थियो । छलफलमा प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई बहुमतका साथ निर्वाचित गराउन योजनाका साथ अगाडी बढ्नु पर्नेमा उनिहरुको जोड थियो ।

राजनीति भेटघाटमा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्नुपर्ने बताएका छन् । छलफलमा काङ्ग्रेस नेता अन्सारीले निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनतर्फ केन्द्रित हुन ढिला सुस्ती गर्न नहुने धारणा राखेका थिए ।