बराहक्षेत्रः अघिल्लो स्थानीयतह निर्वाचनपछी बराहक्षेत्र नगरपालिकाको प्रशासनिक भवन (कार्यालय) चक्रघट्टीमा बन्यो । त्यसअघि उक्त भवन साविक महेन्द्रनगर गाविसको कार्यालयका रूपमा निर्वाणाधिन थियो । साविकका मधुवन, बराहक्षेत्र, भरौल, प्रकाशपुर र महेन्द्रनगर गाविसलाई केन्द्रबिन्दु पर्ने भएकाले नगरको प्रशासनिक भवन चक्रघट्टीमा राखिएको स्रोतको दाबी छ ।

सुरुको केही समय यथास्थितिमै चलिरहेको प्रशासनिक भवन समयपछी स्तरीकरण गरियो । प्रवेशद्वारमा नगरको नामसहितको गेट बनाइएको छ । गेट प्रवेश गरिसकेपछी धुपीलगायतका बिरुवा, गमला, फूल रोपिएको दृश्यले नगरपालिका परिसर चिरीचट्ट देखिन्छ । त्यसमा पनि वरिपरि टांगिएका अनावश्यक होर्डिङ बोर्डहरु हटाएपछि नगरकार्यालयको सौन्दर्यता थप चमकता थपिएको छ ।

तर नगरकार्यालयको गेट पस्नुअघिको परिदृश्य भने ठ्याक्कै उल्टो छ । कार्यालयअगाडी सवारीसाधनको पार्किङको समस्या त छदैछ, त्यसले गर्दा वरिपरिको वातावरण साँघुरिएको समेत देखिन्छ । सवारीसाधनको चाप हुँदा आवातजावतमै समस्या हुने गरेको छ ।

287386264_1102569920345119_3113508256212399634_n

अर्कोतर्फ स्थानीय सरकारले फोहोर फाल्ने डस्बिन नराखिदिँदा र भएको डस्बिनको समेत उचित प्रयोग नहुँदा नगर कार्यालय परिसरमा भएको फोहोरको थुप्रो देख्न सकिन्छ । भोला, गुट्काको खोल, प्लास्टिकजन्य खोलहरु, सिसा लगायत वरिपरि फालिएको दृश्यले समेत त्यहाँको कुरुपताको स्तरलाई प्रष्ट्याउँछ ।

त्यस्तै, त्यहाँको अर्को प्रमुख समस्या भनेको गेटबाहिरको पार्किङ एरिया लगायतको भुभाग कालोपत्रे नहुँदा नगर कार्यालयलाई कुरुपता थपिदिएको छ । नगरपालिकाको कार्यालय र वडा ६ को कार्यालय सँगै हुँदा बेलाबखत सेवाग्राहीको चाप हुने गर्दछ । वडा ६ मा आएका एक सेवाग्राही भन्छन्, ‘बरु बाटोमा आउँदा माक्स लगाउनुपर्दैन होला तर नगरपालिकाको छेवैमा आएपछी माक्स लगाउनैपर्छ ।’

वरिपरि रहेका व्यबसायीहरुको गुनासो पनि कम छैन् । छेवैमा रहेका होटल व्यबसायी फुलचन्द्र घिमिरे भन्छन्, ‘होटलमा आउने ग्राहकहरु बाहिर बसेर चिया पिउन सक्दैनन्, एकैछिनमा कपभरी धुलो पर्छ ।’घिमिरेले नगरका जनप्रतिनिधिहरुलाई यथासक्य चाडो नगरकार्यालय अगाडि कालोपत्रे गरिदिन समेत आग्रह गरेका छन् ।
पाँच वर्षमा किन कालोपत्रे हुन सकेन ?

सबैभन्दा पहिला गरिनुपर्ने काम अन्त्यसम्म पनि नगरिदा जानकारहरु भने अचम्मित बनेको बताउँछन् । विष्लेषक गोकुल थापा भन्छन्,‘नगर सरकारको वेवास्ता नै मूख्य कारण हो ।’बाहिरबाट आउने पाहुनाले हेर्दा पनि लज्जास्पद विषय हो, यसलाई समाधान गर्नु नसक्नु नगर सरकारको ठूलो कमजोरी रह्यो, उनले भनें ।

त्यस्तै, बराहक्षेत्र ३ निवासी अर्थ विष्लेषक देबिप्रसाद दाहाल (सन्तोष)ले यसको कारण आर्थिक अभाव नभएको बताए । उनले भने, ‘मनै नभएर समस्या समाधान भएन, अबका जनप्रतिनिधिले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’

286091861_577480660459516_2954232364305727738_n

यो बिषयमा तत्कालीन बराहक्षेत्रका मेयर निलम खनालसँग कुराकानी गर्न खोज्दा सम्पर्कको प्रयास असफल भएको छ । तपाईंको वडाक्षेत्र भित्रपर्ने यस समस्या समाधानमा यहाको पहल किन भएन भन्ने प्रश्नमा वडा ६ का तत्कालीन अध्यक्ष उद्वबप्रसाद पोखरेल भन्छन्, ‘मैले सक्नेसम्म पहल गर्दागर्दै पनि काम हुन सकेन ।’अध्यक्ष पोखरेल नेपाली कांग्रेसबाट विजयी वडाअध्यक्ष थिए भने मेयर खनाल र उपमेयर कमला मगरसहित नगरकार्यपालिकामा बहुमत नेकपा एमालेको थियो ।

कांग्रेसले जितेको वडामा मेयर खनालले बजेट नै विनियोजन नगर्ने गरेको अध्यक्ष पोखरेलले पटकपटक आरोप लगाउँदै आएका छन् । यस सन्दर्भमा पनि उनी भन्छन्, ‘यहाँ कालोपत्रे भएर जनताले सुख पाएभने त्यसको जस कांग्रेसले लिन्छ भनेर मेयरले बजेट दिएनन् र आजसम्म यस्तो अबस्था आयो ।’ वडा कार्यालय र आफूले पनि व्यक्तिगत रूपमा पटकपटक त्यहाँको समस्या समाधान गर्न मेयरलाई आग्रह गरेको उनको जिकिर छ । उनले थपे, ‘वडालाई आउने बजेट वार्षिक ४०र५० लाख हुन्थ्यो, वडाले नसकेपछि नगरलाई भन्दा पार लागेन ।’

286838470_435867908012617_1173872848090115425_n

अध्यक्ष पोखरेल दोस्रो कार्यकालको लागि पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन् भने तत्कालीन मेयर खनाल प्रतिपक्षीमा छन् । त्यस्तै, नेपाली कांग्रेसबाटै रमेश कार्कीले यसपटक मेयरमा जीत निकालेका छन् । अध्यक्ष पोखरेलले आफ्नो यस् कार्याकालमा पनि त्यहाको समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन् भने मेयए कार्कीले यसबारे आजसम्म बोलेका छैनन् ।

२० वर्षदेखि रिक्त रहेको स्थानीयतहमा जनप्रतिनिधिहरु आए । तर बराहक्षेत्रका जनप्रतिनिधिले आफ्नै छेवैको समस्या देखेनन् वा नदेखेझै गरे ? पुर्वतर्फ बाघजोडा जाने बाटोको दुरी २०० मिटर कालोपत्रे हुन बाकि छ । त्यस्तै, उत्तरतर्फ शिवालय मन्दिर हुँदै चतरा जाने ५० मिटर कालोपत्रे गरेमात्रै पनि उक्त समस्या समाधान हुने देखिन्छ भने पश्चिमतर्फ मुनाल चोक हुँदै चतरा, मधुवन जाने १० मिटर कालोपत्रे गरे नगरको सौन्दर्यता बढ्ने देखिन्छ ।

287508523_2622492421220753_7763490918600861539_n