इटहरीः इटहरीको जुटविकास चौंकको एकता टोलमा चितुवा देखा परेको छ । चितुवा देखिएसंगै स्थानीयहरु आतंकित बनेका छन् ।

बिहान ५ बजे सो टोलमा देखा परेको चितुवालाई नियन्त्रणमा लिने प्रयास भईरहेको छ । अहिले सो चितुवा एउटा चेपमा लुकेर बसेको छ ।

285251828_5295000433883090_8582358329787478139_n

जितुवा नियन्त्रण र स्थानीयहरुको सुरक्षाका लागि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी, शसस्त्र प्रहरी , जिल्ला वन कार्यालयका कर्मचारीहरु खटिएका छन् । जितुवा हेर्नेहरुको भीडलाई नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ ।

कोशी टप्पु वन्य जन्तु आरक्षबाट चितुवा नियन्त्रणका लागि जाली सहितको विज्ञटोली पनि बोलाइएको छ । जुट विकास चौंकको एकता टोलमा विहानै चितुवा देखिएपछि सुरक्षित रहन इटहरी वडा नम्बर ६ वडाध्यक्ष दिवस पोख्रेलले समाजिक सञ्जाल फेसबुक मार्फत सबैलाई आग्रह गरेका छन् । उनले घर बाहिर ननिस्कन र सुरक्षित रहन अनुरोध गरेका छन् ।

285286026_5295002947216172_2666288817564971607_n

चितुवा देखा परेको स्थानमा केही बेर अघि इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल पनि पुगेका छन् । चितुवालाई कसरी नियन्त्रण गर्ने र इटहरीबासीलाई सुरक्षित बनाउने बिषयमा सम्बन्धित अधिकारीहरुसंग छलफल गरिरहेका छन् ।