इटहरीः सुनसरीको इटहरी रंगशालामा भइरहेको प्रदेश १ को जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको आइतबारको भएको खेलबाट शनिश्चरे फुटबल क्लव झापा र देउराली फुटबल क्लब धनकुटा सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार भएको दुई छुट्टाछुट्टै खेलमा इलामको रेडहर्स फुटबल क्लब इलाम र बाक्सिला फुटबल क्लब खोटाङ्गलाई पराजित गर्दै धनकुटा र झापा सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो खेलमा देउराली फुटबल क्लब धनकुटाले रेडहर्स फुटबल क्लब इलामलाई ० को विरुद्ध १ गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

286118471_1633076347064382_3683087002509101371_n

देउराली फुटबल क्लबको तर्फबाट योगेश लिम्बुले खेलको १३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो खेलमा म्यान अफ द म्याचको उपाधि पनि उनै देउराली फुटबल क्लबमा योगेश लिम्बुले पाए । योगेशलाई २ हजार १ सय नगद पुरस्कार र मेडल प्रदेश खेलकुद विकास बोर्डका सदस्य रितेश श्रेष्ठले हस्तान्तरण गरेका थिए ।

यसैगरी आइतबारै भएको दोस्रो क्वाटर फाइनल खेलमा झापाको शनिश्चरे फुटबल क्लबले बाक्सिला फुटबल क्लब खोटाङ्गलाई २ को विरुद्ध ४ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खोटाङको तर्फबाट खेलाडीहरु प्रशान्त राई र विक्कि राईले ४२ र ४४ औ मिनेटमा एक एक गोल गरेका थिए भने शनिश्चरे फुटबल क्लबको तर्फबाट खेलाडीहरु श्याम मुर्मुले खेलको २५ औँ मिनेट र ६५ औँ मिनेटमा एक एक गोल गरेका थिए भने शौरभ लिम्बु र पुजन राईले एक एक गोल गरेर झापालाई सेमिफाइनमा प्रवेश गराए । प्रतियोगिताको म्यान अफ द म्याच शनिश्चरे फुटबल क्लब झापाका खेलाडी श्याम मुर्मु घोषित भएका थिए ।

287301404_1031336404155056_1582925889308603839_n

श्यामले २ हजार १ सय रुपैया नगद र मेडल प्राप्त गरे । म्यान अफ द म्याचको पुरस्कार इटहरी उपमहानगरको वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलले हस्तान्तरण गरेका थिए । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा इटहरी फुटवल क्लवको संयोजनमा इटहरी रंगशालामा भइरहेको खेलको सेमिफाइनल खेल भोली असार ३० गते दिउँसो ४ बजे मोतिराम फुटबल क्लब मोरङ र धरान फुटबल क्लब सुनसरी बीच हुने भएको छ ।

287464241_1383909078741930_9086885828354125355_n