धरानः धरान उपमहानगरको कार्यपालिका बेठक आइतबार सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुको बहिष्कारका कारण अघिल्लो बैठक स्थगीत भएपछि आइतबार २ बजेका लागि बोलाइएको बैठक सौहाद्र बनेको छ ।

बैठकले धरान उपमहानगरपालिकाको भवन, पार्क तथा टहरा सटरहरू ठेक्का प्रक्रियाबाट लाग्दै आएकोमा अब नगरपालिका आफैले राजश्व सङ्कलन गर्ने भएको छ ।

कार्यपालिका बैठकको नगरपालिकाको सटरहरू प्रचलित बजार भन्दा कम दरमा भाडा पाइने भएकाले अव प्रतिस्पर्धालाई विस्लेषण गरी नगरपालिका आफैले भाडा लगाए राजश्व वृद्धि भन्दै आफैँले भाडा उठाउने निर्णय गरेको हो ।

आइतबारको बैठकले अन्य १२ प्रस्तावहरू पारित गरेको छ । अघिल्लो बैठक जस्तै सञ्चारकर्मीका बीच लाइभ प्रशारण गरेर सञ्चालन गरिएको कार्यपालिका बैठकमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमको प्राथमिकता निर्धारण गरेको छ ।

आगामी आर्थिक वर्षको प्राथमिकतामा धरानको खानेपानी समस्यालाई राख्ने निर्णय समेत गरिएको छ । त्यसै गरी पूर्वाधार विकास, पर्यटन, कृषि स्वास्थ्य तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ ।