धरानः धरान उपमहानगरपालिकाको दोस्रो कार्यपालिका बैठकले असार ८ गते प्रस्तुत हुने उपमहानगरको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धारणमा खानेपानीलाई प्राथमिकता दिने निर्णय भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकले खानेपानी सहितका १२ प्रस्तावहरू पास गरेको छ । बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको प्राथमिकता निर्धाण गरिएको छ । खानेपालीलाई प्रमुख प्राथमिकता दिइने निर्णय गरिएको हो ।
बैंठकले पूर्वाधारविकास,पर्यटन, कृषि स्वास्थ्य तथा सामाजिक विकासलाई अर्को प्राथमिकतामा राख्ने निर्णय गरेको छ । प्रस्तावहरूमा धरानका सार्वजनिक भवन÷पार्कहरूको राजस्व सङ्कलन ठेक्का प्रक्रियाको सट्टा उपमहानगर आफैले लगाउने निर्णय गरेको छ ।
उपमहानगर क्षेत्रमा भएका सार्वजनिक भवन तथा पार्कहरू प्रचलित भाडाभन्दा कम रहेको भएमा आफैले प्रचलित ज्यालामा लगाउने निर्णय गरेको हो । त्यसैगरि आजको कार्यपालिका बैंठकले उपमहानगरको प्रवक्तामा धरान १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) लाई तोकेको छ । परिचयात्मक बैठक असार २ गते सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा गरिने भएको छ । विभिन्न न्यायिक समितिलाई अधिकार प्रथ्यायोजन पनि गरिएको छ ।
विभिन्न न्यायिक तथा अर्धन्यायिक निकायहरुमा फिराद गर्नुपर्दा र नगर कार्यपालिकाविरुद्ध परेका फिरादहरुको प्रतिरक्षासम्बन्धि सम्पूर्ण कार्वाही गर्न नगर प्रमुखलाई अधिकार प्रत्यायोजन गरिएको छ । विषयगत समितिका जेठ २३ गते बनेका विषयगत समितिमा सदस्य पनि मनोनयन गरिएको छ ।
जेठ २३ गते आर्थिक विकास समितिको बिनिता बज्रचार्य चयन गरेको थियो । उक्त समितिको सदस्यमा विवेक राई, नेत्र काफ्ले, विद्या शाक्य छनौट गरिएको छ ।
सामाजिक विकास समितिको संयोजकमा सिर्जना नेपाल र सदस्यहरूमा धनप्रसाद लिम्बू, यज्ञपणि आचार्य, धनबहादुर राई रहेका छन् । पूर्वाधार विकास समितिको अनुप देवान रहेका छन् भने सदस्यमा मुरारी भट्टराई, टङ्क राई र पूर्ण राई रहेका छन् । वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजकमा लोकेन्द्र फागो रहेका छन् भने सदस्यमा पदम लिम्बू, धनबहादुर राई, दिनेश विक रहेका छन् ।
सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा मुरारी घट्टराई रहेकाछन् । चोक नामाकरण सम्बन्धि निर्णय पनि पारित गरिएको छ । अनुगमन समितिको सदस्यमा लोकेन्द्र फागो र सावित्रा परियार चयन भएका छन् । वर्षे अधिवेशन नगर सभा असार ८ गते गर्ने निर्णय पारित भएको छ । कार्यपालिकाको जेठ २३ गते खोला उत्खनन् गर्ने विषयमा विवाद भएपछि अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको थियो । २७ गते तय गरिएको कार्यपालिका बैठक प्रमुख हर्कराज राई समर्थकहरुको विरोध भएपछि बस्न सकेको थिए ।