बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका ४ कौवाखोजमा चुरोटको विषयमा विवाद हुँदा बन्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीका अनुसार चुरोटको विषयमा विवाद हुँदा दाजुले आफ्नै भाइको हत्या गरेका हुन् ।

आज (आइतबार) बिहान करीब ५ बजे बन्चरो प्रहार गरी १८ वर्षीय देवकुमार धामीको हत्या गरिएको हो । हत्यामा संलग्न ३० वर्षीय देवराज धामीलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार सकुमार र देवराज सहोदर दाजुभाइ हुन् ।

287208221_1627388377647031_4116706193699777900_n

बन्चरो प्रहारबाट गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको उनले बताइएको छ ।

‘चुरोटको विषयमा दाजुभाइको विवाद भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ, दाजु चैँ लाटो–लाटो जस्तो रहेको र त्यति नबोल्ने पनि खुलेको छ,’ डीएसपी कार्कीले भने, ‘आज बिहान ५ बजेपछि भएको घटना हो, हामीले अहिले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेका छौँ ।’

उनका अनुसार मृतक देवकुमारको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।