धरानः धराने जनतालाई स्वच्छ खानेपानी खुवाउने मूल एजेण्डा बोकेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आइतबार पानीको भरपर्दो स्रोत खोज्दै खैंरे खोला पुगेका छन् ।भारी बर्षा भईरहेको समयमा पनि उनि एक जना सहयोग सहित मोटरसाईलमा पानीको स्रोत खोज्दै सो खोलाको मुहानमा पुगेका हुन् ।

पानीको स्रोत कम भएकै कारण धराने जनताले स्वच्छ खानेपानीका लागि अनेकन दुःख झेल्नु परिरहेकाले स्रोत जुटाउनकै लागि आफू निर्वाचन जित्नु अघि र जितेपछि चिन्तित भएकाले भारी बर्षाको कुनै प्रवाह नगरी धरानदेखि निकै नै माथिल्लो स्थानमा रहेको खैंरे खोलाको मुहानमा आएको मेयर साम्पाङले बताएका छन् ।

उनले खैंरे खोलाको मुहानमा पानीको स्रोत निकै राम्रो रहेको र पानी पनि स्वच्छ रहेको बताए । खैंरे खोलाको पानी पाइप जडान गरि धरान लैजान साथ धेरै समस्या हल हुने उनले बताए । आफूले सोचेको भन्दा राम्रो पानी स्रोत खैंरे खोलामा पाएकाले अब खानेपानी बोर्डका प्राविधिकसंग छलफल गरि योजना र बजेट निर्माण गरि पानी धरान ल्याउने बताए ।

287695114_866929240929773_6386397439646513349_n

उनले धरान उपमहानगरपालिकाले ब्रिटिस वेल्फेयरसँग पनि आवश्यक सहकार्य गरि खैंरे खोलाको पानी धरान ल्याउने बताए । उनले भनेका छन् ‘अब केही समयपछि धराने जनताले खानेपानी पाउनुहुन्छ । त्यसका लागि समय लाग्छ । धैर्य गर्नु पर्छ ।’ उनले आफूले धराने जनतालाई खानेपानी खुवाउने आफ्नो मुद्धालाई आफूले नछाड्ने बताए । सबै धराने जनतालाई खानेपानी खुवाएपछि मात्र आफू विजयको माला लगाउने उनले बताउँदै आएका छन् ।

धरानबाट करिब १५ किलोमिटर माथि पानी स्रोत खोजिमा निस्केका मेयर साम्पाङले आफू र आफ्ना सहयोगीलाई पानी परेकाले झण्डै ५ किलोमिटरसम्मको यात्रामा चुट्नसम्म चुटेपनि गतिलो पानीको स्रोत भेटिएकाले ठूलै उपलब्ध हासिल गरेको बताएका छन् ।

मेयर साम्पाङले निर्वाचन ताका सामाजिक अभियान्ताका रुपमा कार्य गर्दा पनि धराने जनतालाई खानेपानीका लागि अनेकौ लडाईहरु लडेका थिए । कार्यपालिका बैंठकमा खानेपानीको मुद्धा उठाएनन् भनेर केही संचारमाध्यमहरुले उनको आलोचना गरेपछि उनि सकेसम्म यहि आर्थिक बर्ष भित्र धराने जनताको घरमा भएका धारामा नियमित पानी आउने वातावरण निर्माणका जुटेका हुन् ।