लिस्बनः अप्रिल १५ तारिखदेखि पोर्चुगलमा हराइरहेका सुजन सिलवालको शव पोर्चुगलको समुन्द्रमा भेटिएको छ ।

हिजो ९ जुन तारिख प्रहरीले एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीलाई शव भेटिएको बारे जानकारी गराएको थियो । सिलवालको शव अहिले अस्पतालमा छ । नुवाकोट बेलकोटगढी–१२ का सिलवाल रोजगारीको सिलसिलामा ७ बर्ष अघि पोर्चुगल आएका थिए ।

सिलवाल परिवारको सम्पर्कभन्दा बाहिर भएपछि परिवारकै आग्रहमा एनआरएनए पोर्चुगलको सक्रियतामा पोर्चुगल भर खोजीकार्य सुरु गरिएको थियो।संघका अध्यक्ष रबिन अधिकारीकाले सिलवालको शव भेटिएको बारे परिवारलाई खबर गरिएको र परिवारबाट शव नेपाल पठाइदिन आग्रह आएको बताएका छन् ।