धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले अव एक एक हिसाव खोज्छु भन्ने स्टाटस फेसबुकमा हालेपछि शुक्रबार रातीबाटै धरानमा एक प्रकारको तरङ्ग सिर्जना भएको छ ।

लामो समय अभियान्ताको रुपमा रहेका साम्पाङ्ग लोकप्रिय मत सहित धरान उपमहानगरको मेयरमा निर्वाचित भएपछि उनलाई काम गर्न नदिन वडा अध्यक्ष सहित कार्यपालिका सदस्यहरुनै सक्रिय भएपछि मेयर साम्पाङ्गको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो ।

साम्पाङ्गले शुक्रबार राती करिव साढे दश बजे ‘अव एक एक पैसाको हिसाव खोज्छु जनताले मलाई जे गर्न पठाएको हो,त्यो गर्छु । ’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेपछि एक प्रकारको तरङ्ग आएको हो ।

मेयर साम्पाङ्गलाई समर्थन गर्दै स्वतन्त्र धरानेले प्रतिक्रियाको बर्षा गराएका छन् । बर्षौँ देखि खानेपानीमा भ्रष्ट्राचार हुने गरेको भन्दै आफैँ आवाज उठाउँदै आएको मेयर साम्पाङ्गले फेसबुक पोष्टमा हालेपछि रेमन रिजाल नाम गरेका फेसबुक प्रयोग कर्ताले एक पैसाको हिसाव मात्र हैन अव बषौँसम्म तिर्खाएका धराने जनताको पानीको एकएक थोपाको हिसाव पनि नछोड्नुस भन्दै मेयरको समर्थन गरेका छन् । उनले मेयरको एक पोष्ट मात्रै हेर्दा पनि श्रध्दाले शिर झुक्ने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

281858844_1189432168263998_7516345448283781457_n

मेयर साम्पाङ्गलाई सपोर्ट गर्दै धरानका पत्रकार रत्न आचार्यले कमिसनको लोभमा विना टेण्डर खानेपानीको ठेक्का देको हिसाब खोज्नुपर्छ म पनि मेयर जि लाई सहयोग गर्छु भन्दै प्रतिक्रिया दिएका छन् ।

प्राय जसो फेसबुकमा आफ्ना कुरा राखिराख्ने मेयर साम्पाङ्गले हिसाब किताब खोज्ने कुराको भने धेरैले समर्थन गरेका छन् । एकराज कार्की नाम गरेका फेसबुक प्रयोगकर्ताले हरेक कुरा अपडेट गर्नुहोस् जनताले साथ दिन्छन् झोलेहरुले फेसबुक अपडेट धेरै भयो भन्छन् सबै कुरा जनतालाई जानकारी गराउनुहोला । सबै मान्छे झोले कार्यकर्ता हुदैनन् भन्दै मेयरको समर्थन गरेका छन् ।

287268439_767050018039003_995679892050315513_n

284799931_812540169715758_7095587947227364631_n

अरु भन्दा पनि मेयर साम्पाङ्गको यो स्टाटसले पुनः वडा अध्यक्षमा निर्वाचित हरुलाई चिन्ता बढाएका अधिकांश फेसबुक प्रयोगकर्ताको भनाई छ । उपमहानगरको पहिलो कार्यपालिका बैठकमा खोला ठेक्का नलगाउने मेयरको प्रस्तावमा अधिकांश वडा अध्यक्षहरुले विरोध जनाएपछि निर्णयमा नपुगी बैठक स्थगीत भएको थियो ।

धरानमा धेरै वडामा नेकपा एमालेबाट जित निकालेका वडा अध्यक्षहरुको बहुमत छ भने कार्यपालिकामा पनि एमालेकै बहुमत छ । त्यसमा पनि दोहोरिने वडा अध्यक्षहरु निकै छन् । मेयरको खोला ठेक्का नलगाउने भन्ने प्रस्तावमा वडा अध्यक्षहरुले खोला ठेक्का लगाउनु पर्ने भनाई राखेपछि कार्यपालिका बैठकमा चर्काचर्की भएको थियो ।