इटहरीः कक्षा ५ मा पढ्ने पारस सिग्देलले पहिलो पटक ११ बर्षमै भोट हाल्ने अवसर पाए । १८ बर्ष पुगेपछि मात्रै बालिग हुन पाउने नेपालको संविधानमा भएता पनि सिग्देलले भने रामधुनी नगरपालिका वडा नम्बर ५ मा रहेको आरम्भ विद्या मन्दिरले आफ्नो विद्यालयको बिभिन्न १० पदमा भएको निर्वाचनमा ११ बर्षकै उमेरमा भोट हाल्ने अवसर पाएका थिए । विद्यालयमा चुनाव त पहिला पनि हुने गरेका थिए तर यसपालि अलिक फरक खालको साँच्चैको निर्वाचन नै हुदैँ थियो ।
पारसका अनुसार पहिला हात उठाएको भरमा विद्यालयको क्याप्टेन, भाइस क्याप्टेन छनौट गर्ने गरिएता पनि स्वस्तिक छाप लिएर भने पहिलो पटक भोट हालेको पारसले बताए । अघिल्लो पटकको निर्वाचनमा आफैँ पनि उम्मेदवार बनेका पारस यसपालि भने उम्मेद्वार बनेनन् ।
पारस जस्तै कक्षा ५ का विद्यार्थी अमुल्य पराजुली पनि पहिलो पटक मतदान गर्दै थिए । आफुले भोट हाल्दा आफ्नो मिल्ने साथी भन्दा पनि राम्रो उम्मेदवार को छ र कसले विद्यार्थीको लागि कामगर्न सक्छ त्यसैलाई छानेर मतदान दिएको बताए ।
त्यसो त कक्षा ५ कै छात्रा प्रिन्जल चौधरीले पनि जो लायक छ त्यसैलाई आफुले भोट दिएको बताइन् । ब्रिलियन्ट स्कूलबाट भर्खरै मात्र आरम्भमा आएकी चौधरीले पनि यस्तो प्रकारको चुनावको पहिलो अनुभव गर्दै थिइन शुक्रबार ।
यता ड्रामा क्लव भाइस क्याप्टेनको उम्मेद्वार रहेकी छात्रा राशी कार्की आफूले प्रिसिडेन्टसँग मिलेर का मगर्ने बताउँछिन् । विद्यालयले मनाउने विश्व वातावरण दिवस लगायतका कार्यक्रममा सबैलाई समेटेर लाने साथै सवैलाई सहभागी गराएर ड्रामा गर्ने र गराउने जस्ता एजेण्डा सहित चुनावमा होमिएकी राशीले लोकप्रिय मत लिएर विजय समेत हासिल गरेकी छन् ।
त्यसैगरी पासाङ्ग ल्हमु हाउसको क्याप्टेनमा उम्मेद्वार बनेकी समृद्धि बास्तोला रामधुनी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लेखनाथ बास्तोलाकी छोरी हुन् । समृद्धिले आफ्नो टिमलाई इन्करेज गर्ने , हौसला दिने र सबैतिर भाग लिने वातावरण बनाउने एजेण्डा सहित चुनावमा होमिएकी समृद्धिले पनि जित हासिल गरेकी छिन् ।
उता ड्रामा क्लवको प्रिसिडेन्टमा उम्मेदवारी दिएका अनुसिल बराल बिभिन्न कार्यक्रमहरुमा ड्रामालाई पनि साथमा लैजाने साथै ड्रामा सिकाउने शिक्षकहरुसँग मिलेर काम गर्ने अनि धेरै भन्दा धेरै विद्यार्थी साथीहरुलाई ड्रामामा सहभागी गराउने योजनाका साथ चुनावमा होमिएका थिए ।
उता छात्रा तर्फ स्कुल भाइस क्याप्टेनमा उम्मेदवारी दिएकी स्मृति कोइराले आफु जिते विद्यालयमा अँग्रेजी भाषा बोल्ने वातावरण बनाउने साथै सरसफाईलाई ध्यान दिने र स्कुल क्याप्टेनले लिएका राम्रो प्रस्तावलाई साथ दिएर अगाडि बढ्ने योजना सुनाउँछिन् । छात्रा तर्फ स्कूल क्याप्टेनमा कक्षा ८ कि छात्रा सफलता दाहाल निर्विरोध निर्वाचित भइसकेकी थिइन । सफलताले आफ्नो एजेण्डाको रुपमा विद्यार्थी साथीहरुलाई अनुसासनमा राख्ने, विद्यालय परिसरमा अँग्रेजी बोल्न पे्ररित गर्ने रहेको थियो । आफू प्रिसिडेन्ट भइरहँदा कस्तो भाइस प्रिसिडेन्ट आयोस भन्ने चाहानुहुन्छ भन्ने प्रश्नमा सफलताले आफूले भनेको मान्ने आयो भने का मगर्न सजिलो हुन्छ भन्ने भनाई राखेकी थिइन् ।
छात्र तर्फ स्कुल क्याप्टेनमा कक्षा ८ कै अंकित रायमाझी र भाइस क्याप्टेनमा सुयोग गेलाल निर्विरोध निर्वाचित भइसकेका थिए । भने स्कुल क्लव भाइस क्याप्टेनमा निमिसा चौलागाई, चिल्डे«न क्लव प्रिसिडेन्टमा सुवासना पौडेल, चिल्डे«न क्लव भाइस प्रिसिडेन्टमा आविष्कार कार्की निर्विरोध निर्वाचित भइसकेका थिए ।
स्कूल भाइस क्याप्टेनमा स्मृती कोइराला विजयी, ड्रामामा राशी कार्कीलाई लोकप्रिय मत
आरम्भ विद्यामन्दिरको शुक्रबार भएको छात्रा तर्फको स्कूल भाइस क्याप्टेनको निर्वाचनमा स्मृती कोइरालाले जित निकालेकी छिन् ।कमलको फुल चुनाव चिन्हबाट चुनावमा उत्रिएकी कोइराला १९६ मत ल्याउँदा उनकी निकटतम प्रतिद्धन्दी सेरिल चौधरीले १६५ मत पाइन । उता स्पोर्टस् क्याप्टेनमा उम्मेदवार बनेका शेषराज भट्टराईले २०६ मत पाएर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्धन्दी कुशल बस्नेतले ९७ मत प्राप्त गरेका थिए ।
यस्तै गरी स्पोर्टस् भाइस क्याप्टेनमा प्रशिद्ध पौडेलले २१० मत सहित विजयी बने भने उनका निकटतम प्रतिद्धन्दी मुकेश मुखियाले १४० मत पाए ।उता इको क्लव प्रिसिडेन्टमा श्रेया घिमिरेले २१० मत सहित विजय हासिल गरिन भने ड्रामा क्लव प्रिसिडेन्टमा बिराज खड्काले १८२ मत सहित जित निकाले भने उनका प्रतिद्धन्दी अनुसिल बरालले १७१ मत पाएका थिए ।
उता ड्रामा क्लवको भाइस प्रिसिडेन्टमा भने राशी कार्कीले २६९ मत प्राप्त गर्दै विजय हासिल गरेकी छिन् । कार्कीले प्राप्त गरेको आरम्भ विद्यामन्दिरकै लोकप्रिय मत भएको मुख्य निर्वाचन अधिकृतको भुमिका निर्वाह गरेका विद्यालयका शिक्षक गणेश गिरिले बताए ।त्यसैगरी भृकुटी, पासाङ्ग ल्हामु, गौतम बुद्ध र अरनीको गरी ४ वटा हाउसको पनि क्याप्टेन र भाइस क्याप्टेन छनौट भएका छन् ।
हाउस क्याप्टेनमा केहि पद निर्विरोध भएका थिए भने केहीमा निर्वाचन भएको थियो । निर्वाचन भएका भृकुटी हाउस क्याप्टेनमा सिसम निरौला ६० मत सहित विजयी बनेकी छन् भने भाइस प्रिसिडेन्टमा साहिरा रेग्मी ५० मत सहित विजेता बनेकी छन् । उता पासाङ्ग ल्हमु हाउसको क्याप्टेनमा समृद्धि बास्तोलाले ५२ मत सहित विजय निकालेकी छन् भने गौतम बुद्ध हाउस क्याप्टेनमा साइमोना बास्तोलाले ४६ मत सहित जित हासिल गरेकी छन् ।
३८६ मतदाता रहेको मतदानमा ३६३ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत गणेश गिरीले बताए । कुल मतको ९४ दशमलम ०४ प्रतिशत मत खसेको बताउँदै गिरीले प्रजातान्त्रिक अध्यासलाई निरन्तरता दिँदै गरिएको स्कूल काउन्सिलको निर्वाचनमा विद्यालयमा रिक्त रहेको पदपुर्तिका लागि निर्वाचन गरिएको र महत्वपुर्ण जिम्मेवारी प्रदान गरेकोमा विद्यालय व्यवस्थापनलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
निर्वाचनले विद्यार्थीहरुलाई सिक्ने थलोको रुपमा विकास गरेको र कोर्षमा भएको कुरा विद्यार्थीहरुले व्यवहारिक रुपमै सिक्न पाएको गिरीले बताए । गिरीले निर्वाचन आयुक्तको रुपमा जिम्मेवारी निभाउने अन्य शिक्षकहरुलाई धन्यवाद समेत दिन भ्याए ।
विद्यालयका प्रिन्सिपल बिमल बरालले अरु विद्यालयमा पनि भएको प्रयास भएपनि आफुहरुले निर्वाचनकै प्रयास बमोजिम अध्यास झल्किने गरी विद्यार्थीकालदेखि नै निर्वाचनको अनुभव होस भनेर खर्च गरेरै स्वस्तिक छापहरु ल्याएर चुनाव चिन्ह समेत प्रदान गरेर स्कुल काउन्सिलको निर्वाचन आयोजना गरिएको बताए ।
हरेक विद्यार्थी हरेक क्रियाकलापमा होस भनेर चारवटा हाउसहरु बनाइएको बताउँदै प्रिन्सिपल बरालले विद्यार्थीको पाठ्यक्रममा पनि सामाजिक शिक्षा पढाइरहँदा बहुदलित प्रणालीका जिज्ञासाहरु समाधान गर्ने कोसिस पनि यो निर्वाचन हुने बताए ।