धरानः काठमाडौंमा महाविर पुनको आविष्कार केन्द्रले बिभिन्न वैज्ञानिक खोज र अनुसन्धानले निरन्तरता पाएपछि धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा खुल्ने भएको छ ।
धरानका नवनिर्वाचित नगरप्रमुख हर्क साम्पाङ्गले धरानमा पनि अव आविष्कार केन्द्रको शाखा खोल्ने तयारी भइरहेको बताएका छन् ।
शुक्रबार आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेसबुक पेज हर्क साम्पाङ्ग अ रिभोलुसनमा स्टाटस पोष्ट गर्दे नगरप्रमुख साम्पाङ्गले धरानमा आविष्कार केन्द्रको शाखा सञ्चालनको लागि छलफल भइरहेको बताएका हुन् ।
‘धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा खुल्नेछ हामी गृहकार्यमा जुट्दैछौँ ।’ मेयर साम्पाङ्गको स्टाटसमा भनिएको छ ।