बराहक्षेत्रः नेपाल ओबिसी महासंघका केन्द्रिय सचिवालय सदस्य साजिद हुसेनले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका छन् । प्रदेशपोर्टलसँगको कुराकानीमा उनले स्थानीय चुनावमा नेकपा एमालेद्वारा विभिन्न खाले मित्थ्या आरोप लगाइएको हुनाले पार्टीको साधारण सदस्य समेत नरहने गरि एमाले परित्याग गरेको बताए ।
हुसेन २०४८ सालदेखि एमालेको सक्रिय राजनीति गर्दै आएका नेता हुन् । बराहक्षेत्र नगरका स्थायी बासिन्दा हुसेनको जिल्लादेखि केन्द्रसम्म राम्रो प्रभाव रहेको बुझिन्छ । उनी २०६६ सालदेखि संगठित सदस्यता लिएर काम गरेका नेता हुन् ।
तत्कालीन नेकपा एमालेका तर्फबाट शेरधन राई प्रदेश एकका मूख्यमन्त्री रहँदा प्रदेश बजार अनुगमन समितिको सदस्य भएर समेत काम गरेको उनको अनुभव छ ।