इटहरीः प्रदेश एकको इटहरीमा सञ्चालन भइरहेको प्रदेश नम्बर १ अन्तर्गतको जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको खेलमा देउराली फुटबल क्लब धनकुटा र बाक्सिला फुटबल क्लब खोटाङ्ग क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो प्रि क्वाटर खेलमा कोदार फुटबल क्लब भोजपुर लाई २ को विरुद्ध ४ गोलले हराउदै देउराली फुटबल क्लब धनकुट्टा क्वाटर फाइनल मा प्रबेश गरेको छ । दोस्रो खेलमा मानभारा स्पोर्टिङ्ग क्लब ताप्लेजुङ्ग र बास्किला फुटबल क्लव खोटाङ्गका बीच भएको खेल बराबरीमा सकिएको थियो ।
ट्राइबेकरमा मानभरा स्पोटिड्ग क्लब ताप्लेजुङ्गलाइ २ को विरुद्ध ४ गोलले हराउँदै बाक्सिला फुटबल क्लब खोटाड्ग क्वाटर फाइनल मा प्रबेश गरेको छ ।पहिलो खेलमा म्यान अफ द म्याच देउराली फुटबल क्लब धनकुटाका समिर लिम्बु बनेका थिए । लिम्बुले २ हजार १ सय नगद प्राप्त गरे भने दोस्रो खेलमा म्यान अफ द म्याच बाक्सिला फुटबल क्लब खोटाड्गका गोल किपर किरण राई घोषित भए ।
पहिलो खेलमा देउराली फुटबल क्लब धनकुटाका दिवश लिम्बूले खेल सुरु भएको ८ मिनेटमा, समिर लिम्बूले २८ मिनेट र ८२ मिनेटमा एक एक गोल गरेका थिए भने सञ्जय रम्तेलले ५६ मिनेट मिनेटमा एक गोल गरेको थियो । उता कोदार फुटबल क्लबका लक्ष्मण तामाड्गले ३९ मिनेटमा एक गोल गरे भने बिजय भुजेलले ६६ मिनेटमा अर्को गोल गरेका थिए ।
शनिवार(भोली) मोतीराम फुटबल क्लब मोरंग र फ्यूजन फुटबल क्लब उदयपुरका विच पहिलो खेल र दोस्रो खेल धरान फुटबल क्लब सुनसरी र खाँदबारी युथ क्लब संखुवासभा बीच हुने बताइएको छ । शुक्रबारको खेलमा म्यान अफ द म्याचको पुरस्कार धनकुट्टा जिल्ला फुटबल संघका अध्यक्ष मणि चेम्जोड्ग र प्रदेश खेलकुद विकास बोर्डका शैलेश कुमार बिष्टले प्रदान गरेका थिए ।