इटहरीः इटहरी उपमहानगरको वडा नम्बर ९ मा रहेको मोवाइल पसलबाट मोवाइल फोन चोर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले लिसंखुपाखर गाउँपालिका–९ सिन्धुपाल्चोकका २३ बर्षीय सुरेश तामाङ र शिवपुरी गाउँपालिका–४ नुवाकोट घर भई काठमाण्डौको टोखा वस्ने १९ बर्षीय सन्तोष मगरलाई पक्राउ गरेको हो ।
उनीहरुले यही जेष्ठ १५ गते राती मोवाइल पसलको सटर फोडी ३ लाख बरावरको बिभिन्न कम्पनीका मोवाइलहरु चोरी गरेको पाइएको छ ।
मोवाइल चोरी भएको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न भई फरार रहेका तामाङ र मगरलाई काठमाण्डौमा लुकिछिपी बसेको अवस्थामा चोरी भएका मोवाइल फोन सहित पक्राउ गरेको बताएको छ ।
पक्राउ परेका दुवै जनाको शुक्रबार सुनसरी जिल्ला अदालतवाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।