धरानः धरानमा उपमहानगरको गेटम दैनिक धर्ना तथा आन्दोलन हुन थालेको छ ।

बुधबार उपमहानगरको कार्यपालिका बैठक सुरु हुन पूर्व प्रमुख हर्क साम्पाङका समर्थकहरूले धर्ना तथा आन्दोलन गरेका थिए । धर्नासँगै कार्यपालिका स्थगीत भएको बैठक सञ्चालनको माग गर्दै सचेत धराने नामक समूहले बिहीबार उपमहानगरपालिकाको गेटमा धर्ना दिएको हो ।

बुधबार प्रमुख साम्पाङ समर्थकको धर्नाकै कारणले बैठक स्थगीत भएको थियो । बिहीबार स्थगीत कार्यपालिका बैठक सुचारु गर्नु पर्ने र धरानलाई बन्धक बनाउन नहुने भन्दै सचेत धराने नामक समूहले मौन धर्ना दिएको हो । उनीहरुले ‘कार्यपालिका बैठक बदर, जनमतको खै कदर?’, ‘फूटेर होइन जुटेर अघि बढौँ विकास विरोधी कार्य बन्द गरौँ’ लगायतका प्लेकार्ड लिएर उपमहानगरको गेट अगाडि धर्ना दिए ।

धरान १० निरज लिम्बूले स्वतस्फूर्त रुपमा खबरदारीका लागि आएको बताए । उनले भने, ‘यो हाम्रो उपमहानगर र सबै कार्यपालिका सदस्यरुका लागि ध्यानाकर्षण र खवरदारी हो ।’ धर्नामा बसेका रमेश राईले धरानको विकासका लागि जुनसुकै पार्टी भएपनि समर्थन गर्ने तर विकास विरेधीलाई खबरदारी गर्ने बताए ।

286358004_432061188465447_4561739900691321998_n

धरान १८ का अध्यक्ष तथा कार्यपालिकाका संसदीय दलका नेता प्रविण राईले कार्यपालिका बैठक बस्ने वातावरण नभएपछि फर्किएको प्रतिक्रिया दिए । उनले कार्यपालिकामा कोही पनि खोला दोहन गर्न नआएको बताए । उनले कुनै पनि कुरा नीतिगत रुपमा धारणा राखेको बताए । उनले मेयरदेखि कार्यपालिकामा कजोरी भएको बताए ।

धरान १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) ले उपमहानगरको गेटमा मेयरका समर्थकहरूले धर्ना दिएपछि आफू फर्किएको बताए । उनले भने ‘धर्ना आन्दोलदन भइरहेको छ । समन्वय र सहजीकरण छैन । कसरी बैठक बस्ने ?’ उनले कार्यपालिकमा बहस छलफल गर्ने ठाउँ भएको बताए । उनले भने, ‘बोलौँ भने गाली खानु पर्ने । ट्रोल बन्नु पर्ने । जुत्ताको माला लगाउने वातावरण सिर्जना गरेको उनकोे दावी छ ।

उनले मेयरले सामाजिक सञ्जालको दुरुपयोग गरी आफ्नो चरित्रहत्या गरेको समेत दावी गरे । मेयरले ६ वटासम्म आइडी चलाएर चरित्र हत्या गरको आरोप लगाए । उनले भने, सोमबार कार्यपालिकाको बैठकमा समान्य छलफल भएको हो । ३ जना मेयरसँग बस्यौँ । यो भन्दा अझै कडा पनि छलफल भयो । कहिले यस्तो भएन ।’ उनले धर्नाका विषयमा मेयरका समर्थक आउँदा २० वटै वडाका अध्यक्षहरुका पनि समर्थक धर्नामा आउन सक्ने बताए । उनले खोला उत्खनन्का विषयमा छलफल गरौं भनेको तर,आफूले खोला ठेक्का नै लगाउनु नै पर्छ भन्ने अभिव्यक्ति नदिएको बताए । उनले मेयरलाई धरान चलाउने कि फेसबुक चलाउने भनेर सोधेपछि मात्रै आफू कार्यपालिकाको बैठकमा सहभागी हुने बताए ।
धरान १५ का अध्यक्ष नरेश इवारामले कार्यपालिका बैठकका लागि पुग्दा गेटमा जनप्रतिनिधि मुर्दाबाद लेखिएको प्लेकार्डसहित आन्दोलन र धर्ना देखिेपछि नगर प्रमख साम्पाङलाई फोन गर्दा सम्पर्क नभएको बताए । उनले नगर प्रमुख फोन नउठेपछि प्रशासकीय अधिकृत लक्ष्मिप्रसाद पौडेललाई फोन गर्दा नउठेको बताए । उनले अन्तिममा उपप्रमुख अइन्द्र विक्रम बेघालाई फोन गरेपछि खोई के हुन्छ भन्ने जवाफ आएको बताए । उनले डेढ घण्टा बसेर फर्किएको बताए ।

उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले कार्यपालिका समयमा बस्न नसके नगर सञ्चालनमा समस्या उत्पन्न हुने बताए । उनले ऐनले असार १० मा नीति तथा कार्यक्रम पेश गरिसक्नु पर्ने बताए । उनले भने, ‘सङ्घीय सरकारमा अध्यादेशलगायतका विकल्प छन् । तर स्थानीय सरकारमा छैन ।’ उनले नीति तथा कार्यक्रम पेश गरुञ्जेसम्म भएपनि सहमति गरेर जानुको विकल्प नभएको बताए । उनले भने, ‘सहमतिको वातावतरण बनेन भने कर असुल र सञ्चित कोषबाट खर्च गर्न पाइदैन । सबै पक्ष जिम्मेवार भई संयमता अपनाउनु आवश्यक छ ।’

286186828_562381602164061_435108563179859990_n

उनले कार्यपालिका बैठक भएपछि पनि वडा तथा विषयगत समितिको छलफलमा गर्न एक हप्ता समय लाग्ने बताए । उनले भने, ‘कार्यपालिका बैठक बस्ने समयमा न्यून छ ।’ उनले स्थानीय सरकारको विनियोजन विधेयक र आर्थिक विधेयक असार २५ भित्र पारित भएपछि मात्रै खर्च गर्न राजस्व सङ्कलन गर्न पाइने बताए ।

यता नीति तथा कार्यक्रम पेश गर्ने विषयमा धरान उपमहनगरका नगर पूर्व प्रमुख मनोज कुमार मेन्याङ्बोले फेसबुकमा स्टाटस लेख्दै कार्यपालिकाको दोश्रो बैठक स्थगित भएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले फेसबुकमा ‘कार्यपालिकाको दोस्रो बैठब मेयर जीकै समर्थकहरुको बिरोध प्रदर्शनका कारण अवरुद्ध भएको खबरले चिन्ता बढाएको छ । नवनिर्वाचित मेयर, उपमेयरले आगामी असार १० गतेभित्र नीति तथा कार्यक्रम तथा बजेट ल्याउन अनिबार्य छ । तर यस्ता अवरोधका कारण समयमा बजेट ल्याउन समस्या आउन सक्ने देखिएकाले, मेयर हर्क साम्पाङ जीको समर्थक नगरवासी दाजुभाई दिदी बहिनीहरु संयम र अनुशासित भएर दबावमा उत्रिनु जरुरी देख्छु ।’

उनले थप लेखेका छन् ‘मेयर जीको प्रस्तावहरु राम्रा छन् । सबै नगरवासीहरु प्रस्तावप्रति सकारात्मक देखिनु भएको छ । कार्यपालिकाका सदस्यहरु पनि नकारात्मक देखिनु भएको छैन । सवाल मात्र बिधीको हो । कार्यपालिका सदस्यह?को राय मेयर सावलाई बिधि पु¥याएर ल्याउने भन्ने मात्र हो जस्तो लाग्छ । लोकतन्त्र भनेको बिधिद्वारा चलाईने शासन हो । कसैले बिधिको कुरा गर्दा आत्तिहाल्नु पर्ने कुरा छैन । म जहिले पनि बिधिको शासनको पक्षमा उभिने छु ।’ म पनि तपाईहरुको साथमा छु । सबैमा मेरो विनम्र अनुरोध छ । कुनैपनि ब्यक्तिको मानमर्दन हुने खालका निराधार आरोप लगाउने काम बाट हामी बच्नु जरुरी हुन्छ । अन्यथा परिणाम अनपेक्षित पनि आउन सक्छ, सबै समयमै होशियार बन्न आग्रह समेत उनले गरेका छन् ।