धरानः धरानको बराह बचत तथा ऋण सहकारी संस्थाबाट पिडित बनेकाहरुको समूह बराह सहकारी पिडित संघर्ष समितिले धरान उपमहानगरपालिकासँगको सहकार्यमा प्रतिवेदन तयार पार्नका लागि दुई जना सदस्यलाई छनौट गरेको छ ।
बिहीबार धरान उपमहानगरका आर्थिक विकास महाशाखाका लव कुमार पोखरेलले पठाएको पत्र अनुसार बराह बचत तथा ऋण सहकारीले गत २१ गते नगरपालिकालाई पत्र पठाएको र सो प्रतिवेदन र कागजपत्र अध्ययन गरी प्रतिवेदन तयार गनुपर्ने भएकाले पिडित भएका मध्येबाट २ जना प्रतिनिधि सिफारिस गर्न अनुरोध भए अनुसार २ जना सदस्य छनोट गरेको बताइएको छ ।
बराह पिडित संघर्ष समितिले प्रदिप बास्कोटा र सम्झना दाहाललाई सिफारिस गरी प्रतिवेदन तयार गर्न नगरपालिकामा पठाएको छ ।