धरानः नेकपा एमालेका नेता तथा धरान उपमहानगरका पूर्व मेयर मनोजकुमार मेन्याङबोेले हालका मेयर हर्क साम्पाङ्गका समर्थकको विरोधका कारण कार्यपालिका बैठक स्थगित हुनुले गम्भिर चिन्ता बढाएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार डाकिएको नगरकार्यपालिकाको बैठक कार्यपालिका सदस्यहरुको बहिष्कारका कारण नभएपछि चिन्ता व्यक्त गर्दै पूर्व नगरप्रमुख समेत रहेको मनोज कुमार मेन्याङबोेले नवनिर्वाचित मेयर उपमेयरले असार १० गतेभित्र नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने भएकाले यस्ता अवरोधले बजेटमा समस्या आउन सक्ने तर्फ कार्यपालिका सदस्यहरुलाई सचेत समेत गराएका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जालको सदुपयोग गर्दै एमाले नेता म्यान्ग्वोले मेयर हर्क साम्पाङ्गका समर्थकहरु सम्यम र अनुशासित भएर दवावमा उत्रिनु पर्ने जरुरी भएको ठम्याउँदै मेयरका प्रस्तावहरु राम्रा भएको प्रतिक्रिया दिएका छन् ।

m

मेयरको प्रस्तावमा सबै नगरबासीहरु सकारात्मक देखिएको बताउँदै मेन्याङबोेले कार्यपालिका सदस्यहरु पनि मेयरको प्रस्तावमा सकारात्मक भएपनि विधि पुर्याएर मात्रै प्रस्ताव ल्याउन कार्यपालिका सदस्यहरुले आग्रह गरेको बताएका छन् ।

उनलेलोकतन्त्र भनेको विधिद्धारा चलाईने शासन भएकाले कसैले विधिको कुरा गर्दा आत्तिहाल्नु पर्ने कुरा नभएको बताउँदै आफू जहिल्यै पनि विधिको शासनको पक्षमा भएको र कसैको मानमर्दन हुनेखालका आरोप नलगाई अघि बढ्नुपर्ने तर्फ सबैलाई सचेत गराएका छन् ।

मेन्याङबोेले समयमै होशियार नबने अनपेक्षित परिणाम आउन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गरेका छन् । मेयरको टिकट पाउने लाइनमा रहेका पुर्व मेयर मेन्याङबोले आफुले टिकट नपाउँदा पार्टीबाटै रुष्ट बनेका थिए । मेन्याङबोे, मोती सुनुवार लगायतलाई पछि पार्दै नेकपा एमालेबाट मञ्जु भण्डारीले मेयरको टिकट हात पारेकी थिइन् भने मत परिणामबाट भण्डारी तेस्रो स्थानमा रहिन् ।