फिक्कलः इलामको सूर्योदय नगरपालिकाको पहिलो कार्यपालिका बैठक ‘डिजिटल डिस्प्लेमा’मार्फत प्रत्यक्ष प्रसारण गरिएको छ । प्रविधिमा फड्को मारेको सूर्योदय नगरपालिकाको बैठकलाई जनतामाझ पारदर्शी बनाउनका लागि सबैले सुन्ने र देख्ने गरी कार्यपालिका बैठक डिजिटल डिस्प्लेमा सार्वजनिक गरेको हो ।

प्रविधिमैत्री नगरको रुपमा आफनो पहिचान बनाएको नगरपालिकाका सबै निर्णय जनताले प्रष्ट देख्न पाउने गरी डिस्प्लेमा सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए ।

नगरमा निवर्तमान नगर प्रमुख नै निर्वाचित भएर आए पछि उहाले आफनो पहिलो एजेण्डका रुपमा नगरका कार्यक्रम पारदर्शी बनाउने भन्दै पहिलो निर्णयका रुपमा डिजिटल डिस्प्लेमा कार्यपालिका बैठक सार्वजनिक गर्ने निर्णय गरे ।

नगर प्रमुख राईले डिस्प्लेमा कार्यपालिका बैडक सार्वजनिक गर्दा सबैले देख्ने र कार्यपालिका सदस्यहरु बढी जिम्मेवार हुँने बताए । उनले भने ‘नगरबासीले सूचना पाउने अधिकारको सूनिश्चित गरेका हौ, हाम्रा सबै निर्णय यसरी नै डिस्प्लेमा सार्वजनिक हुँने छन् ।’ नगरपालिकाका सूचना अधिकृत उज्वल सुवेदीले दुईवटा क्यामरा नगर सभा हलमा जडान गरेर डिजिटल डिस्प्ले र नगरको फेसबुक पेज मार्फत कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गरिएको जानकारी दिए । उनले भने‘नगरबासीले नगरका निर्णय थाहा पाउन कुनु परेर , आवश्यक परेको बेला हेर्न सक्नु भयो । ’

यस अघि उक्त नगरमा स्थानीय निर्वाचन २०७९ को मत परिणाम समेत डिस्प्ले मार्फत सार्वजनिक गरिएको थियो । इलामका १० पालिका मध्ये यसरी कार्यपालिका बैठक सार्वजनिक गर्ने सूर्योदय नगरपालिका मात्र हो । सूर्योदय नगरपालिकाले यस अघि देखि नै नगरको गेटमा समेत डिजिटल डिस्प्लेमा नगरको वडापत्र सार्वजनिक गर्दै आएको छ । नगरलाई प्रविधिमैत्री बनाउनका लागि नगरका सवारी साधनमा जिपिएस जडान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईका अनुसार अव बिभिन्न सिफारिस समेत अनलाईनबाटै लिईने छ । उहाका अनुसार आगामी आर्थिक बर्षको शुरुबाट नगरबाट हुँने भुक्तानी समेत इ पेमेन्ट मार्फत गरिने छ ।