धरानः धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गले अब उप्रान्त हरेक कुरा पारदर्शी बनाउने बताएका छन् ।

जनताको सुूचनाको हकलाई सम्मान गर्दै हरेक कुरा लाइभ(प्रत्यक्ष प्रशारण) हुने र जनताले चाहेको सार्वजनिक सूचना सबैले सहजै प्राप्त गर्ने बताएका हुन् ।

मेयर साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुक पेजमा पोष्ट गर्दै यस्तो भनेका हुन् । ‘हरेक कुरा लाइभ हुनेछ आइन्दा जनताले मागेका जुनसुकै सार्वजनिक सूचना दिइनेछ । कसैले लुकाउन चाहे मलाई भन्नू ।’भन्दै उनले पोष्ट गरेका छन् ।

284895860_1581663135539814_6330640734566177804_n (1)