विर्तामोडः झापाको बिर्तामोड नगरपालिका ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय डिजेन राजवंशी र फिदिम नगरपालिका ७ का २२ बर्षीय सुजन गुरुङलाई लागुऔषध ब्राउनसुगर सहित बुधवार साँझ ७ बजे पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले १५ ग्राम ब्राउनसगुर, डिजिटल तराजु १ थान र नगद २ लाख ८४ हजार ७५० रुपैया समेत बरामद गरेको छ ।

लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।