स्थानीयतह निर्वाचन २०७९ बाट देशका केही स्थानहरूमा अप्रत्याशित पात्रहरुले जीत निकाले । त्यसमध्ये पनि कोही त यसरी देश तथा बिदेशमा फैलिए कि मानौं फूल वास्ना फैलिएको होस् । मीठो र छिटो । जस्तोस् हर्कराज साम्पाङ (राई) । ४ दलीय गठबन्धनका तर्फबाट साझा उमेदवार बनेका नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७ सय ३२ मतान्तरले साम्पाङ विजयी बने । त्यसपछि उनको चर्चा देशभरी चुलियो ।

चुनाव जित्नुअघि खानेपानी, चुरे दोहन, वीपी प्रतिष्ठान सुधार, धनकुटे बस्ती जोगाऔं लगायत भ्रष्टाचार विरोधी अभियान चलाएकै कारण धराने जनताले उनलाई स्विकार गरे । सामाजिक सञ्जालकै माध्यममा एक्लै बिद्रोह गर्दै आएका साम्पाङ निर्वाचनपछी भने पत्रकारहरुको नजरमा खिचिए । त्यसपछि पिए र बडीगार्ड नराख्ने, महँगा गाडी नचढ्ने, भ्रष्टाचार नगर्ने जस्ता कुराले उनलाई थप लोकप्रिय बनायो । उनी हिजो सडकमा धरान बनाउने अभियानमा थिए । एक्लै कराउँथे र सोही सामाग्री सामाजिक सञ्जालमा राख्थे । त्यसले गर्दा उनलाई आज राज्यसत्तामा ल्याइपुर्यायो । तर आजपनी उनी फेसबुकमा त्यसरी नै अनेकन पोस्टहरु पोस्ट्याउँछन् ।

उनका स्टाटसहरुमा अधिकांश कमेन्टहरु सकारात्मक र उर्जाशील नै हुन्छन् । सर्वसाधारणदेखि पब्लिक फिगरहरु समेतले कमेन्टमा साम्पाङको कामलाई सकारात्मक संज्ञा दिने गरेका छन् । २ लाख ८० हजार बढी फलोवर रहेको उनको व्यक्तिगत पेज ‘हर्क साम्पाङ अ रिभोलुसन’ माफर्त उनी दिनमै ५ बढी पोस्टहरु गर्न भ्याउँछन् । मेयरमा निर्वाचित हुनुअघि सामाजिक सञ्जालबाटै संघर्ष गर्थे भन्दा फरक नपर्ला । खानेपानीको हाकिमलाई फोन गरेर थर्काउने, बिजुली जाँदा बिधुत प्राधिकरणमा फोन गरेर फेसबुक लाइभ गर्ने जस्ता कार्यहरू गर्दा उनको लागि जनतासामु पुग्न सामाजिक सञ्जालनै शसक्त माध्यम बनिसकेको थियो । त्यसैलाई पछ्याउँदै मेयर साम्पाङ अझैसम्म पनि फेसबुकमा भिन्नखाले पोस्टहरु लेखिरहन्छन् ।

285877918_1128467491037772_1169270923897426272_n

सपथ लिएको दिनयता मात्रै ७० स्टाटस (यो लेख तयार गर्दासम्म) लेखे । जहाँ उनले मेयरमा निर्वाचित भएकै दिन ३ पटक लाइभ र १६ वटा फेसबुक पोस्ट गरेका गरेका थिए । त्यसको भोलिपल्ट पानी नआए फोन गर्नु भन्दै नम्बर दिए । जुन पोस्टको कमेन्ट बक्समा आएका सकारात्मक कमेन्टहरुले मेयर साम्पाङ उत्साहित देखिए । त्यसयता पनि ‘जागिर माग्न नआउनु होला, धरानको रक्षा र उन्नति गर्छु भन्दा मान्दैनन् भने जन्तालाई फैसला गर्न छोडीदिन्छु, पार्टीगत स्वार्थ बोकेर पार्टीलाई अगाडि बढाइरहदा देश पछी नपरोस, मलाई सम्मान समारोहमा सहभागी बन्ने खास रुचि छैन्, म काम गर्न चाहन्छु, यो मेरो भावानालाई ख्याल गरिदिनुहोला’जस्ता कयौं स्टाटसहरु अपडेट गरिसकेका छन् ।

सञ्जालमा उनी यति द्रुत छन् कि विमान दुर्घटनाको पुष्टि नभइ हर्क साम्पाङ्गले श्रद्धाञ्जली दिन्छन् । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजी कार्य जारी थियो । दुर्घटना भएको नभएको आधिकारिक पुष्टि भएकै थिएन तर मेयर साम्पाङले लेखिसकेका थिए, “हवाईजहाज दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै थोत्रे हवाईजहाजहरु विर्सजन गर्न गराउन नेपाल सरकारलाई अनुरोध गर्दछु ।”

284917511_891152058953263_626719921824372349_n

सपथयता ५ वटा लाइभ भिडियो छन् । भिडियोको मार्फत उनी कहिले सफा शहर बनाउन मलाई सहयोग गर्नुस भन्छन् त कहिले तीब्र गतिमा सवारी नचलाउनुहोला भन्छन् । मेयर साम्पाङका स्टाटसहरु हेर्दा जनताको सहानुभूति र सकारात्मक प्रतिक्रिया तान्नकै निम्ति मनमा आउने भावनाहरुलाई पोस्ट गर्दछन् र त्यसको कमेन्टले पुलकित हुन्छन् भन्न सकिन्छ ।

सुरुवाती दिनहरुमा भने सबैजसो सकारात्मक प्रतिक्रिया आउने गरेको भएपनि आजभोलि परिस्थिति बद्लिएको छ । प्रायले मेयर साम्पाङलाई फेसबुकमा बहकिन भन्दा पनि ज्यादा काम गरेर देखाउन आग्रह गरेका छन् भने धेरैले खिसिट्युरी समेत गर्न थालेका छन् । कलाकार तथा निर्देशक दिपक आचार्य व्यङ्ग्य गर्छन्, ‘त्यत्रो धेरै नगर र जनताको काममा व्यस्त हुँदा पनि २४ घन्टामा २४ स्टाटस अपडेट गर्नसक्ने तपाईंको क्षमतालाई माने मैले ।’

त्यस्तै, अर्का प्रयोगकर्ता केशर सुनार लेख्छन्, ‘मेयर साब तपाईं काम गर्नुस् प्रसार गर्ने जनता छदैछन् नि ।’ केहि त उनको पेजको आधिकारिकताबारे समेत प्रश्न गरेका छन् । माधव अर्याल लेख्छन्, ‘यो पेज आधिकारिक व्यक्तिले चलाउनुहुन्छ कि अरुले ? निर्वाचित हुनेबित्तिकै सर्वैसर्वा मै हुँ भन्ने लाग्यो ?’ यद्यपि अहिले सामाजिक सञ्जालको शक्ति उनको पक्षमा छ । उनको विरुद्धमा कसैले पोस्ट गर्ने वा कमेन्ट गरे उनका केहि पक्षधरहरु अरिगांलझै खनिन्न आइहाल्छन् ।

285985276_1770729436598242_1244419526664749376_n

यसबीचमा उनले कामै गरेनन् भन्ने होईन । निर्वाचन जितेलगत्तै खानेपानीको मुहानलाई अवलोकन गर्दै मर्मत गर्न निर्देशन दिए, कुचो लिएर धरान सफा गर्न निस्किए, नगर कार्यापालिका बैठकमा चुरे दोहनलाई रोक्न अडान लिए । तर त्यो भन्दा ज्यादा उनको फेसबुक स्टाटसहरु आउँछन् । खानेपानीको मुद्द्वालाई जबर्जस्त स्थापना गर्न खोजिरहेका मेयर साम्पाङ सप्तकोसीबाट पानी ल्याएर ख्वाउने मात्रै भनिरहेका छन् । तर त्यसको खास योजना, सम्भाव्यता, बजेटबारे मेयर साम्पाङ अनबिज्ञ देखिन्छन् । त्यस्तै, अरु पनि थुप्रै समस्याहरुको चाङ छ, धरान उपमहानगरमा । वीपी प्रतिष्ठान सुधार गर्ने, सुकुम्बासी समस्या समस्या समाधान गर्ने, चुरे दोहनलाई रोक्ने उनको संकल्प छ, तर कसरी गर्ने भनेर ठोस कार्य योजना तयार पार्न सकेका छैनन् ।

उसोत उनी लाइभ भिडियोमार्फत भन्ने गर्दछन्, ‘खानेपानीको समस्या समाधान गर्न भनेर कुदेको कुद्दै छु । खानेपानी सप्तकोसीबाट ल्याउने योजना छ । त्यही प्रतिबद्धतालाई अगाडी बढाउनुपर्ने भएको छ । उनले भनेका छन्, ‘एक अर्ब देखी माथि लागत लाग्छ। जुन स्थानीय श्रोतबाट पुग्दैन। प्रदेश र सङ्घीय सरकारको सहयोग मागेका छौ । धेरै साथीहरूले आर्थिक रूपमा सहयोग गर्छौ भनिरहेका छन् ।’ उसो त यतिबेला देशभरका जनप्रतिनिधि खादा र सम्मानमै व्यस्त छन् । मतदाताहरु पनि ुहनिमुन पिरियडु भएको भन्दै बिनाकुनै आलोचना चुपचाप देखिन्छन् । यद्यपि देशका केही मतदाताहरु पनि ‘हनिमुन पिरियड’भएको भन्दै बिनाकुनै आलोचना चुपचाप देखिन्छन् । यद्यपि देशका केहि स्थानीयतहरु भने एक्सनमा उत्रिसकेको समेत देख्न सकिन्छ । यसमानेमा उनको ५ वर्षे कार्यकाल अझै बाकी छ । यस अबधिमा केके गर्ने हुन् त्यो हेर्न बाकी नै भएपनि तर अहिलेसम्म आफ्नो एजेन्डामा त्यति ‘ग्रीन सिङ्नल’ देखाउन नसकेका मेयर साम्पाङलाई चुनौती भने उस्तै छ ।

अन्य दलका नेता तथा कार्यकर्तालाई गाली गरेर चुनावमा होमिएका साम्पाङ स्वतन्त्रबाट निर्वाचित भए । तर नगर कार्यापालिका भने तिनै दलहरुको बाहुल्यता छ । नेकपा एमालेको एक्लो बहुमत छ भने माओवादी केन्द्रबाट उपमेयर र काँग्रेसको पनि प्रभावशाली उपस्थिति छ । मेयर साम्पाङको अहिलेसम्मको गतिविधिलाई हेर्दा खासै उत्साहित हुनुपर्ने अबस्था छैन् । तर जनताहरुले अपेक्षा भने धेरै र छिटै खोजेका छन् । जस्तो कि काठमाडौमा फोहोर व्यवस्थापनको सन्दर्भमा स्थानीयको मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलसँग भएको विवाद र चर्काचर्कीबाट प्रष्ट हुन्छ कि यत्तिकै स्वतन्त्र उमेदवारलाई जिताएका होइनन्, जनताले । धरानका मेयर साम्पाङलाई समेत यहि तवरले अघि बढ्ने होभने उनको लौरो नै अभिषाप नबन्ला भन्न सकिदैन ।

286178532_431138928531153_3234782502178557210_n 286180617_357049229938773_1060034522812980692_n 286185300_1373964386457579_4797270276297671774_n 286218844_1933844126813310_5428195990680278083_n 286180625_5107587575998999_7617832346630370508_n 286342420_732336468216641_8894440155053990887_n